छोटो चोलिमा रिङ्ने झिंगाहरु
कमला अधिकारी सिग्देल
सगरका मैदानमा गिद्धहरु आफ्ना पखेटा उडाई चनाखो भएर हड्डीको गन्धलाई पछ्याईरहन्छन मंसको पहाडै पाए पनि आफ्नो अघोरी आत्मा कहिल्यै सन्तुष्ट राख्न नसक्ने यी दरिद्र गिद्ध हरुको नजर मेरो छोटो चोलिमा सधैं मेरै महाकाल बनेर अल्झिईरहन्छ कति अभागी छु म ,हाँस्न खोज्छु मुख टालिन्छ,हिंड्न खोज्छु सर्पले डस्न खोज्छ खुट्टा अनायसै काप्छन सुन्दर फूलबारीमा नाँच्न खोज्छु मेरा औलाहरु निमोठिन्छन मेरो हरेक अङ्ग अङ्ग मा यी गिद्धहरुको कुदृष्टी छ थाहा छैन कतिबेला एसिडले भरिन्छन बोतलहरु?
थाहा छैन कुन बाटोमा दबाईन्छन मेरा गलाहरु ? मेरो रोदनले दिने आत्मासन्तुष्टि बाटै आँफू सिंह भएको आभाष पाउने सिनेहरुको संरक्षक बन्ने मेरो देश धिक्कार छ। मलाई यो अनकन्टारको चेली हुनु परेको छ । आकाश समानका पितानै दानव बन्ने,सागर समानका मामानै दुश्मन बन्ने घरको दलिन बनेका काका नै काल बन्ने , मेरो छोटो चोलिको के दोश? मेरो चोलिमा झिंगा बनेर झुमिरहने पिपासु? यी झिंगा रुपि पात्रहरु कतिबेला मेरो महाकाल बनेर दोबाटो कुर्ने हुन? सरकार सक्छौ भने यी बिष फलेका बृक्षहरु मुन्डन गरि देखाउ अन्यथा म धेरै पटक मरेकी छु अब तिम्रो शक्तिपरीक्षण गर्ने यी जालन्धरहरुको बध गर्न म काली बन्न नपरोस् चिम्टी चिम्टीमा आफ्ना रहरहरु पहाडले थिचेर राखेकी छु तरबार उठेपछि झुक्न मान्दैनन् अपराधिलाई लद्दु खुवाएर झोलुंगाेमा सुताउनेले मलाई अपराधी नठान्नु!!!
हतकडी नलाउनु आखिर झिंगा ,गिद्धनै हो पवित्र आहार भन्दा सिनोले नै आफ्नो पेटभर्ने कहिले सति,कहिले बलात्कृत बनाएर दागबत्ती दिने अनि गोहिको आँसु झार्ने जालन्धरहरु कुन दुलोमा बसेर रमिता हेरेका छौ? अब दुलो टालेर निसास्सिई मर्ने दिन छिट्टै आउनेछ!!!
भनुँ कसरी ? आमाको सम्मान गर्न नजानेको मेरो देश आशा देखाईन्छ तर भित्र भित्र खोक्रो आडम्मरी पालन गर्ने जालन्धरलाई जय जयकार गरिन्छ प्रकृति हुन नारी !!
बोझ धेरै नथुपार सिमा सकिए पछि बिश्पोटन हुन्छ प्रकृति असर तिमीलाई पनि पर्छ, तिम्रो छोरीलाई पनि !!!
लेखकः कमला अधिकारी सिग्देल
बालसिद्ध मावि वालिङ ७ केवरे भञ्ज्याङ, स्याङ्जामा कार्यरत हुनुहुन्छ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















