जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग


वालिङ, १४ पुस– जन्मदिनको अवसर पारेर सोनी श्रेष्ठले बृद्धाश्रमलाई नगद सहयोग उपलब्ध गराउनुभएको छ । पुतलीबजार नगरपालिका १ हुलाकमार्गका सुनिल श्रेष्ठ तथा रेनुका श्रेष्ठकी छोरी सोनीले राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रमलाई रु ६ हजार रुपैया प्रदान गर्नुभएको हो । पुतलीबजार नगरपालिका १ मा स्थायी घर भइ हाल अध्ययनको शिलशिलामा अमेरिका रहनुभएकी सोनीले आश्रमका बुवाआमाहरुको भोजनका निमित्त रु ६ हजार रुपैया आफ्ना बाबु सुनिल श्रेष्ठ मार्फत हस्तान्तरण गर्नुभएको हो ।
आश्रमका कार्यालय प्रमुख समेत रहेका सोनीका बुवा सुनिल श्रेष्ठले फजुल खर्च गरेर जन्मोत्सव मनाउनुभन्दा समाजमा केही रचनात्मक तथा सामाजिक कार्य गरेर जन्मदिन मनाउने परम्पराको विस्तारै विकास हुँदै गएको बताउनुभयो । पछिल्लो समय जन्मोत्सवका अवसरमा बृद्धाश्रमलाई सहयोग आउने गरेको उहाँले बताउनुभयो । आश्रममा एक दिन एक दाता कार्यक्रम नै रहेकाले हरेक दिन हरेक फरक फरक दाताबाट प्राप्त सहयोगले आश्रममा एक दिनको भोजनको व्यवस्था गरिएको बताउनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal