जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग
वालिङ, १४ पुस– जन्मदिनको अवसर पारेर सोनी श्रेष्ठले बृद्धाश्रमलाई नगद सहयोग उपलब्ध गराउनुभएको छ । पुतलीबजार नगरपालिका १ हुलाकमार्गका सुनिल श्रेष्ठ तथा रेनुका श्रेष्ठकी छोरी सोनीले राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रमलाई रु ६ हजार रुपैया प्रदान गर्नुभएको हो । पुतलीबजार नगरपालिका १ मा स्थायी घर भइ हाल अध्ययनको शिलशिलामा अमेरिका रहनुभएकी सोनीले आश्रमका बुवाआमाहरुको भोजनका निमित्त रु ६ हजार रुपैया आफ्ना बाबु सुनिल श्रेष्ठ मार्फत हस्तान्तरण गर्नुभएको हो ।
आश्रमका कार्यालय प्रमुख समेत रहेका सोनीका बुवा सुनिल श्रेष्ठले फजुल खर्च गरेर जन्मोत्सव मनाउनुभन्दा समाजमा केही रचनात्मक तथा सामाजिक कार्य गरेर जन्मदिन मनाउने परम्पराको विस्तारै विकास हुँदै गएको बताउनुभयो । पछिल्लो समय जन्मोत्सवका अवसरमा बृद्धाश्रमलाई सहयोग आउने गरेको उहाँले बताउनुभयो । आश्रममा एक दिन एक दाता कार्यक्रम नै रहेकाले हरेक दिन हरेक फरक फरक दाताबाट प्राप्त सहयोगले आश्रममा एक दिनको भोजनको व्यवस्था गरिएको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















