मन्त्रिपरिषद पुनर्गठन, दुई मन्त्री बिदा कृषि मन्त्रालयको जिम्मेवारी अर्याललाई
काठमाडौं, १० पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री बन्नुभएको छ । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बन्नुभएको छ, भने दावा लामा युवा तथा खेलकुद मन्त्री जुली कुमारी महतो महिला बालबालिका मन्त्री, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएको छ ।
यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्रीको जिम्मेवारी समालदै आउनुभएका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ । महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ, भने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । आज थपिएका मन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ भने मन्त्री मण्डलको विस्तार संगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















