महिला जागरणको १९औँ साधारण सभा
वालिङ, ९ पुस– भीरकोट नगरपालिका ५ पकान स्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छाँयाराम खनालले सहकारीका माध्यमबाट समृद्धि संवभ रहेको बताउनुभयो । साथै प्रमुख खनालले सहकारी संस्थाहरुसंग नगरपालिकाले सहकार्य गर्दैै नागरिकलाई आर्थिक रुपमा सशक्त बनाउने भन्दै आर्थिक पारदर्शिता हुनुपर्ने बताउनुभयो । प्रमुख खनालले भन्नुभयो, ‘दैनिक वचत संकलनलाई बैंकिङ प्रणालीमा लैजादाँ पारदर्शिता बढ्छ । बहुउद्देश्यीय संस्था अन्य संस्था तथा पालिकासंग सहकार्य गर्दै सदस्यलाई उत्पादनतर्फ प्रेरित गनुपर्छ ।’
कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद अधिकारीले सहकारीहरु बचत ऋणमा मात्रै सिमित नभई उत्पादनमुलक कार्यमा लगानी पढाउनुपर्नेमा जोड दिनुभयो । शान्ती अर्यालको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम संस्थाकी अध्यक्ष देवी तिवारीको अध्यक्षता र युगमाया अर्यालले सञ्चालन गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















