सडक आन्दोलनमा प्रचण्ड, माधव समुह
काठमाडौं, १० पुस– शुक्रबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा ‘हामीयहाँ छौं’ लेखिएका प्लेकार्ड शरीरमा लगाएर प्रचण्ड र माधव नेपालसँगसँगै बस्नुभएको थियो । साथमा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि संगै हुनुहुन्थ्यो ।
पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल सडकमा ओर्लिएको दृश्य हेरेर सामाजिक सञ्जालमा चर्चा–परिचर्चा व्यापक भएको छ । कसैले उनीहरुमाथि व्यंग्य गरेका छन् त कसैले राम्रो भएको बताएका छन् ।
साहित्यकार खगेन्द्र संग्रौलाको टिप्प्णी छ, ‘यो दृश्य मलाई मनपर्यो । कम्निस्ट हुँ भन्न नछोडेका तर भुइँमान्छे र सडकलाई बिर्सेका नेताहरू सुट–टाई जखेरै भए पनि सडकको भुइँमा पलेँटी मारेर बसेछन !
माधव नेपाल उनै व्यक्ति हुनुहुन्छ जसले तत्कालीन माओवादी (प्रचण्ड) को सत्ता कब्जाको सपना तुहाइदिनुभएको थियो । ०६७ वैशाखमा तत्कालीन माओवादीले नागरिक सर्वोच्चताका लागि, राष्ट्रिय सरकार गठनका लागि भन्दै सडक आन्दोलन गरेको थियो, जुन आन्दोलन असफलतामा गएर टुंगिएको थियो ।
त्यसो त माधव नेपाललाई चुनाव हारेर पनि पछि प्रचण्डकै प्रस्तावमा सांसद बनाइएको थियो । त्यसपछि उनी प्रधानमन्त्री पनि बन्नुभयो भने प्रचण्डचाहिँ उहाँकै सरकार ढाल्न सडकमा आउनुभयो । चुनाव हारेको व्यक्तिलाई संविधानसभा सदस्य बनाएकोमा पछुतो लागेको भन्दै प्रचण्डले त्यसबेला भन्नुभएको थियो, ‘अमृत भनेर विषवृक्ष रोपिएछ ।’
प्रतिनिधि सभा विघटन भए संगै पुर्नस्थापनाको माग गर्दै प्रचण्ड नेपाल समुह सडक आन्दोलनमा उत्रीएको हो । यतिबेला नेकपामा एकले अर्को समुहलाई पार्टीबाटै निस्कासनका संगै कारबाही गर्ने काम चलिरहेको छ । प्रचण्ड नेपाल समुह भने आफुहरुनै नेकपाको आधिकारीक भएको भन्दै सडक आन्दोलनमा उत्रीएको छ । स्रोत अनलाइन खबर
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















