महिला खेलाडीको प्रोत्साहनका लागि छात्रबृत्ति
वालिङ, ८ पुस– वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको प्रोत्साहनका लागि छात्रबृत्तिको ब्यवस्था गर्ने भएको छ ।
वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पसहरुसँग समन्वय गरी छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“महिला फुटबलमा निक्कै संभावना बोकेको वालिङका महिला खेलाडीहरुलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।” वालिङका महिला खेलाडीहरुले विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ जसले नगरको गरिमालाई उचाई पु¥याएको नगर प्रमुख खाँणको भनाई थियो ।
नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षककोरुपमा करारमा नियुक्ति गरेको छ ।
वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा उर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताउनुभयो ।
वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भईसकेका छन् ।
आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रदै छन् ।

वालिङका महिला खेलाडीहरुले विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ जसले नगरको गरिमालाई उचाई पु¥याएको नगर प्रमुख खाँणको भनाई थियो ।
नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षककोरुपमा करारमा नियुक्ति गरेको छ ।
वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा उर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताउनुभयो ।
वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भईसकेका छन् ।
आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रदै छन् ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार