फूबारीको सातौं साधारण सभा सम्मन्न
वालिङ, ८ पुस– वालिङ नगरपालिका १० भकुण्डेमा रहेको फूबारी बचत तथा ऋण सहकारीको सातौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगालेले फूलबारीले स्थापना कालको छोटो समयमै राम्रो प्रगति गरेको बताउदै सहकारीहरु केवल आर्थिक कारोबारमा मात्रै केन्द्रित नभएर उत्पादन कार्यमा लाग्नु पर्नेमा जोडदिनुभयो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सहकारीहरुको आआफ्नै पहिचन स्थापना गर्नु पर्ने बताउदै अब त्यसो गर्न नसक्ने सहकारीहरुले सोचे जति प्रगति गर्न कठिन हुने भएकोले सहकारीहरुले शेयर सदस्यहरुलाई स्वरोजगार मुलक व्यावसायमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । उप्रमुख तिवारीले सहकारीहरु आर्थिक कारोबारमा मात्रै अल्जिने गरेकोले यो प्रवृतिलाई बदल्न जरुरी रहेको बताउनुभयो । कर्याक्रममा बोल्ने बक्ताहरुले फूबारी बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको बताउदै थप प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले सहकारीले हालसम्म गरेको प्रगति विवरणका साथै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०६९ सालमा स्थापना ६३ जना शेयर दस्यबाट रु १५ लाख ७५ हजार शेयर पूँजीबाट कारोबार सुरु गरेको संस्थामा हाल ९४७ जना शेयर सदस्य र शेयर पूँजी २ करोड ३५ लाख ३० हजार ८ सय रहेको छ भने ऋण लगानी रु २३ करोड ८२ लाख ३२ हजार ८ सय ८० रुपैया रहेको छ । निक्षेप तर्फ २१ करोड २५ लाख २३ हजार ७ सय ३७ रहेको सहकारीले जनाएको छ । संस्थाका कोषाध्यक्ष चोपनारायण श्रेष्ठले संस्थाको आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका उपाध्यक्ष तेजबहादुर थापाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम संस्थाका अध्यक्ष शोभाकान्त पौडेलेको अध्यक्षता र सचिव नेत्रप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो । सहकारीले आफ्नै भवन निर्माण गर्ने उद्देश्यका साथै वालिङ १० भकुण्डेमा जमीन समेत किनिसकेको छ भने अहिले सेवा केन्द्र सहित दुईवटा कार्यालयबाट सेवा दिदै आएकोमा सेवा केन्द्र थप गर्ने तयारीमा समेत रहेको छ ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















