पकवादिमा न्यानो कपडा वितरण
स्याङ्जा, ९ पुस– गल्याङ नगरपालिका ९ पकवादिमा विपन्न परिवारलाई न्योनो कपडा वितरण गरिएको छ । बुटबलमा बसेर उद्योग सञ्चालन गर्दै आउनु भएकी गोमा पाण्डेयले आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई ज्याकेट र पाइन्ट वितरण गर्नुभएको हो ।
व्याक्तिगत खर्चमा न्यानो कपडा वितरण गर्नुभएकी पाण्डेले आर्थिक अवस्था कम्जोर भएकाहरुलाई पुसको जाडोमा न्यानो कपडाले थोरै भएपनि सहयोग पुग्ने लागेर करिव एक लाख बराबरको न्यानो कपडा वितरण गर्ने योजना अनुसार पकवादिबाट अभियानको सुरु गरेको बताउनुभयो । समाज सेवामा रुचि राख्दै आउनुभएकी पाण्डेले एकले अर्कोलाई आफुले सकेजति सहयोग गर्नुनै धर्म भएको बताउनुभयो । उहाँले जसले जहाँबाट जे सकिन्छ त्यही सहयोग गर्नु नै धर्म भएको बताउदै मानवीय सहयोगमा जुट्न समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गल्याङ सञ्चार प्रा.लिका कार्यबाहक अध्यक्ष सूर्य प्रसाद चापागाई, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा २० जनालाई न्यानो कपडा वितरण गरिएको र नगरपालिकाको अन्य वडामा रहेका विपन्न परिवारलाई थप २० जोडो न्यानो कपडा वितरण गरिने पत्रकार टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















