समानताका आधारमा विकास गर्छौ ः मन्त्री पुन
स्याङ्जा, ३ पुस– गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले समानताका आधारमा विकास गर्ने बताउनुभएको छ । मानव विकास प्रतिवेदन २०२० गण्डकी प्रदेशको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।
सामाजिक विकास मन्त्री पुनले पछाडी परेका समुदाय, जाती,वर्ग तथा क्षेत्रको विकास समानताका आधारमा गर्ने नीति प्रदेश सरकारको रहेको बताउदै उहाँले भन्नुभयो, ‘आवश्यक्ताका आधारमा गरिने विकासले मात्रै पछाडी परेको समूहको स्वतः पहुँचमा बृद्धि हुनेछ ।’
प्रदेश नीति तथा योजना आयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल, गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालयको संयुक्त आयोजना अनलाइन प्रविधिको प्रयोग गर्दै भच्र्युल्ली रुपमा मानव विकास प्रतिवेदन २०२० सार्वजनिक गरिएको हो ।
प्रकृतिमैत्री र दीगो विकासले मात्रै मानवको स्तर बृद्धि सम्भव हुने कार्यक्रममा सहभागि बक्ताहरुको भनाइ रहेको थियो । प्रकृतिमैत्री विकास स्वतः दीगो हुने र दीगो विकासले मात्रै मानव जीवनको स्तर बृद्धि सम्भव हुने भएकाले प्रकृतिमा आधारित रहेर विकास गर्नु पर्ने सुझाव समेत सहभागि बक्ताहरुको रहेको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले संयुक्त परिवर्तनको लागि तीन मुख्य आयामलाई जोड दिएको छ । जसमा मानव असमानता हटाउन सामाजिक मुल्य मान्यता फेर्नुपर्ने, सहयोग र साझेदारीका कार्यक्रम बढाउनुपर्ने र प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने रहेको छ ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भौतिक विकासलाई मात्रै नभएर मानवीय विकासमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दीगोपना र सहकार्ययुक्त प्रकृतिमैत्री विकासले नेपालको गरिबी र असमानता हटाउन सकिनेछ ।’ अर्यालले गण्डकी सहित सातवटै प्रदेशमा युएनडिपी नेपालले प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिनुभयो ।
गण्डकी विश्विद्यालयका कुलपती प्राध्यापक डाक्टर गणेशमान गुरुङको अध्यक्षतामा भएको समूहगत छलफल समेत गरिएको थियो । छलफलमा बोल्दै युनेस्कोका नेपाल प्रतिनिधी क्रिस्चियन म्यान हर्टले मानवविकासको पहिलो र अति आवश्यक शर्त नै शिक्षा भएको बताउनु भयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्माले प्रदेशले पुस्तान्तरण हुनेगरी दीगो विकास गर्न शुरु गरेको बताउनु भयो । उहाँले प्रदेशको श्रोतसाधनको प्रयोगमा समेत विशेष ध्यान दिइ वातावरण मैत्री बनाउदै लगिने नीति अवलम्वन गरिएको बताउनु भयो । युएनडिपीका विकास अर्थशास्त्री यांकी युकेबले बिकास र अर्थतन्त्र सम्वन्धी आफ्नो भनाई राख्नु भएको थियो ।
प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा गण्डकी प्रदेशसंगै सात वटै प्रदेशको सुचकांकमा सुधार आएको छ । प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आम्दानी गत वर्षभन्दा ५१ डलर बढेको देखाएको छ । गत वर्ष ८६० डलर रहेको प्रतिव्यक्ति आम्दानी चालु वर्ष सन् २०२० मा ९११ अमेरिकी डलर ९१ लाख ७ हजार रुपैंयाँ पुगेको उल्लेख छ । यो हिसाबले चालु वर्ष ५१ डलर अर्थात ६ हजार २३ रूपैया बढेकोे हो ।
लैंगिक विकास, लैंगिक असमानता र मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















