बाल कविता: रूख
लक्ष्मी रेग्मी खनाल
सानो सानो विरूवा बढ्दै ठूलो हुने।
हुन्छ अरे !लक्ष्य तिम्रो आकाशलाई छुने ॥
छहारी बन्छौ तिमी घाम पानी पर्दा ।
रूप तिम्रो हराउँछ है ! पातहरू झर्दा ॥
[ १ ]
पात तिम्रो पतै हुने, दाउरा आगो बाल्नी ।
कहिले फूल्छौ , कहिले फल्छौ कामै तिम्रो पाल्नी ॥
सानो भए झार , बुट्यान , ठूलो भए रूख ।
तिम्रो छहारीमा बसी मान्छे , बाँड्छन दु:ख सुख ॥
[२]
ठूला ठूला रूख हुने पिपल , समी , वर ।
तिम्रै काठ आवश्यक छन् बनाउनलाई घर ॥
टेबल कुर्सी दराज पलङ , बन्छ तिमीबाटै ।
जन्मे सेक्ने मरे पोल्ने , तिमी जान्छौ घाटै ॥
[ ३ ]
अक्सिजन दिन्छौ तिमी , कार्बनडाइअक्साइड सोसी ।
तिम्रै संरक्षण गर्न मान्छे , गर्दैन केही खोजी ॥
आमाले झैँ सधैं साथ , दिन्छौ तिमी धेरै ।
तिम्रो संरक्षण गर्नु पहिलो , कर्तव्य हो मेरै ॥
[ ४ ]
- लक्ष्मी रेग्मी खनाल
वालिङ नगरपालिका – १४
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















