गल्याङमा खेलकुद कलेज

केपी खनाल
गल्याङ,३ पुस– गल्याङ नगरपालिकामा खेलकुद कलेजको स्थापना गरिने भएको छ । शुक्रबार गल्याङमा आयोजित एक कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भैरहेको बताउनुभएको बताउनुभएको हो ।
नगरप्रमुख अधिकारीले स्वस्थ र स्फुर्तीका साथै सकारात्मक सोचका लागि खेलकुद अपरिहार्य रहेको भन्दै यसका लागि नगरपालिकाले खेलकुद कलेज स्थापना गर्ने तयारी गरेको स्पष्ट पार्नुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ गल्याङ नगरपालिका ३ तल्लो गल्याङमा जापान कराँते डो आँसिकाई संघ जिल्ला कार्यसमिति स्याङ्जाले गरेको ग्रेडिङ कार्यक्रम तथा पेटी परीक्षामा नगरप्रमुख अधिकारीले सबै बालबालिकालाई खेलकुदमा संलग्न हुने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक विद्यालयमा बाल क्लब गठन गरि खेलकुद, शिक्षा र स्वास्थ्यमा जोड्ने दिने नगरपालिकाले अभियान चालिरहेको छ ।’ नगरप्रमुख अधिकारीले खेलकुदले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले यस कार्यका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता समेत जनाउनुभयो ।

कार्यक्रममा जापान कराँते डो आँसिकाई संघका केन्द्रीय महासचिव ओमकृष्ण प्रसाईले स्वस्थ र फुर्तिलो बनाउन मात्र नभई दुव्र्यसनीबाट बचाउन, मोवाइल जस्ता आधुनिक प्रविधिमा बढि केन्द्रीत हुन एवं सकारात्मक सोचका लागि खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।

प्रसाईले गहना नलगाउँदा पनि फरक नपर्ने भएकाले खेलाडीलाई राष्ट्रको गहना मात्रै भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीले खेलकुदको विकासमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal