गल्याङमा खेलकुद कलेज
केपी खनाल
गल्याङ,३ पुस– गल्याङ नगरपालिकामा खेलकुद कलेजको स्थापना गरिने भएको छ । शुक्रबार गल्याङमा आयोजित एक कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भैरहेको बताउनुभएको बताउनुभएको हो ।
नगरप्रमुख अधिकारीले स्वस्थ र स्फुर्तीका साथै सकारात्मक सोचका लागि खेलकुद अपरिहार्य रहेको भन्दै यसका लागि नगरपालिकाले खेलकुद कलेज स्थापना गर्ने तयारी गरेको स्पष्ट पार्नुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ गल्याङ नगरपालिका ३ तल्लो गल्याङमा जापान कराँते डो आँसिकाई संघ जिल्ला कार्यसमिति स्याङ्जाले गरेको ग्रेडिङ कार्यक्रम तथा पेटी परीक्षामा नगरप्रमुख अधिकारीले सबै बालबालिकालाई खेलकुदमा संलग्न हुने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रत्येक विद्यालयमा बाल क्लब गठन गरि खेलकुद, शिक्षा र स्वास्थ्यमा जोड्ने दिने नगरपालिकाले अभियान चालिरहेको छ ।’ नगरप्रमुख अधिकारीले खेलकुदले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले यस कार्यका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता समेत जनाउनुभयो ।
कार्यक्रममा जापान कराँते डो आँसिकाई संघका केन्द्रीय महासचिव ओमकृष्ण प्रसाईले स्वस्थ र फुर्तिलो बनाउन मात्र नभई दुव्र्यसनीबाट बचाउन, मोवाइल जस्ता आधुनिक प्रविधिमा बढि केन्द्रीत हुन एवं सकारात्मक सोचका लागि खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
प्रसाईले गहना नलगाउँदा पनि फरक नपर्ने भएकाले खेलाडीलाई राष्ट्रको गहना मात्रै भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीले खेलकुदको विकासमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार