सङ्गीत जस्तै कृषिमा रमाएका दीपक


गोपाल जिटी
वालिङ, २ पुस – झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई सङ्गीतमा जस्तै कृषिमा पनि उत्तिकै रमाएकाछन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी फाँटका दीपक “सुरुवात आँफैबाट गरौं, परिवर्तन सम्भव छ” भन्ने नारा सहित कृषि पेशामा लाग्नुभएको हो । माईक समातेर गीत गाउँदै हिड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला र भन्नेहरुका लागि दीपकले बाख्रा र कुखुरा पालेर गतिलो जवाफ दिनुभएको छ ।

एघार वर्ष गीतसङ्गीतमा विताउनुभएका दीपक अहिले आप्mनै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बनन् सफल हुनुभएको छ । उहाँको फर्ममा चौविसै घण्टा लोकदोहोरीका धुनहरु गुञ्जिरहेका हुन्छन् । त्यहाँ पुग्ने जोकोहिलाई पनि सङ्ंगीतको धुनसँगै बाख्रा, लोकल कुखुरा र टर्की संगै खेलीरहेका भट्टराई र उहाँको फर्मले हामी जोकोहिलाई पनि साच्चै लोभ्याउँछ । घरमा भएका दुईवटा माउ बाख्राबाट ब्यावसायको थालनी गर्नुभएका भट्टराईको फर्ममा अहिले १५ वटा माउ बाख्रा भैसकेकाछन् भने पाठा पाठी सहित पचास वटा पुगिसकेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बीउ बोका लगाएर विस्तार ब्यावसायको विस्तार गर्नुभएका दीपकले भन्नुभयो, “अहिले बोयर बोका ल्याएको छु, यसले ब्यावसायमा थप सफलता मिल्ने विश्वास बढेको छ ।” ब्यावसायलाई थप व्यवस्थित गर्न गाउँपालिकाले गरेको सहयोगबाट झनै हौसला मिलेको उहाँले बताउनुभयो ।
पैसा कमाउनका लागि विदेश जाने सोच आफुमा कहिले पनि नआएको र आफ्नै गाउँठाउँमा केही गर्छु भनेर कृषि कर्ममा लागेकोले आफुले गरेको परिश्रम अनुसारको प्रतिफ पाएकोले आफु सयैमा खुसि भएको भट्टराई बताउनुहुन्छ । परिश्रम गरे अनुसार बाख्राको वृद्धि विकास पनि राम्रो भएको छ, केहि गर्न सक्छु भन्ने दीपकको आत्मविश्वास बढेको छ । उत्पादन गर्न सके बजारको समस्या पनि नभएकोले घरपरिवार चलाउनकै लागि बैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै गाउँघरमा परिवार संगै बसेर काम गर्नु धेरै राम्रो हुने भएकाले रोजगारीको खोजी गर्नुभन्दा रोजगारीको आफै सिर्जन युवाहरुलाई भट्टराई आग्रह गर्नुहुन्छ ।
केही समय अगाडि नपढेका, अरु केही काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर विस्तारै चेतनाको विकास र गीत संगीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाई छ । बाउबाजेले पनि यसैगरी गरेका हुन् मैलेपनि त्यसैगरी गरे हुन्छ भन्ने हो भने कहिल्यै प्रगति हुँदैन । उपलव्ध प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेशामा भविष्य रहेको उहाँको बुझाई छ । आँपूmले फर्म सञ्चालन गरे संगै यो पेशामा अन्य युवाहरु पनि लागेकोले खुसी लागेको बताउदै जस्तो सुकै पेशा गरे पनि पेशाको सम्मान नभएसम्म देशको विकास सम्भव नहुने भएकोले सबैले श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरियामा कृषि पेशा गर्नेलाई उच्च सम्मान गर्छन् भन्ने देखेका र भोगेका युवाहरुले पनि यहाँ आएर अब सुखसँग बस्ने हो केही गर्ने होइन भनेर बसेको देख्दा अचम्म लाग्छ ।’ पेशा र कामलाई जहिलेसम्म हामीले सम्मान गर्न सक्दैनौ, तबसम्म हामी कहिल्यै सफल हुन सक्दैनौं । गाउँपालिकाले बीउ तथा बिरुवा उपलव्ध गराएर किसानहरुलाई कृषि पेशामा लाग्न प्रोत्साहान गरेकोले पनि आफुले यो पेशामा नै भविष्य देखेर दीपकले बताउनुभयो । बाख्रा तथा कुखुराबाट महिनाको एक लाखसम्म आमदामी गर्ने लक्ष्य लिनुभएका दीपकले अब बङ्गुर समेत थपेर ब्यावसायलाई थप विस्तार गर्ने योजना सुनाउनुभयो । आँपूmले ब्यावसाय सुरु गरे पछि छिमेकिहरुमा पनि गरे हुँदो रहेछ है भन्ने प्रभाव परेको र अहिले एउटा माउ पाल्नेले दुई वटा र दुई वटा पाल्नेले चारवटा पाल्न थालेकोले पनि आफुले गर्दै आएको पेशाले आफुलाई मात्रै नभएर समाजलाई नै हौैसला प्रदान गरेकोले खुसी गालेको दीपकले बताउनुभयो ।

दुई वर्ष अघि तरकारी खेतिबाट कृषि कर्ममा लाग्नुभएका दीपकले असिना र मौसम प्रतिकुलताका कारण पहिलो पाइलामै घाटा खानुप¥यो । तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले अब यसले गर्दैन, फेरि माइक समातेर गीत गाउन जान्छ भन्न थाले । तर कृषिमा धेरै अवसर देखेर यसै पेशामा होमीनुभएका भट्टराई तरकारी खेतीमा सोचेजस्तो सफलता हात नलागेपछि बाख्रा र कुखुरा पालन गर्ने अठोट गरे र यसमै आफ्नो भविष्य खोज्ने योजना उनुसार काममा निरन्तर लागि रहनुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal