दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ

स्याङ्जा, २ पुस – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षया मन्जु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले फरक विवरण पेश गरी दोहोरो नागरिकता एंव राहदानी लिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलील पक्राउ गरेको हो ।

क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको ४२१०६२–१०–१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६–०२–७५–०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी समेत फेला परेको हुँदा दोहोरो नागरिकता र राहदानी प्रहरीले बरामद गरेको छ । पक्राउ परेकी क्षेत्रीलाई ‘नागरिकता सम्बन्धी कसुरमा’ मुद्धा दर्ता गरी बिहीवार नै स्याङ्जा जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal