दलित बस्तीमा खानेपानीको समस्या

कला राना
स्याङ्जा, ३ पुस – अर्जुनचौपारी गाउँपालिका २ को दलितबस्तीमा खानेपानीको समस्या रहेको छ । सरकारले एक घर एक घरमा धाराको अभियान अगाडि बढाएपनि भक्तिकोटकोटका दलित समुदायले भने लामो समयदेखि खानेपानीका लागि सास्ती बेर्होदै आएका छन् ।

भक्तिकोटमा रहेका १९ घरधुरीले वर्षौदेखि खानेपानीको अभाब झेल्दै आएको ४० वर्षिय कमला नेपालीले बताउनुयो । नेपालीले भन्नुभयो, ‘२३ वर्ष पहिला बिवाह गरेर यहाँ आएकी थिएँ । खानेपानीको समस्या अहिलेपनि उस्तै छ । पानीको जोहो गर्नकै लागि हरेक दिन आधा समय विताउनुपर्छ ।’

घरदेखि तल लामडाडाँमा रहेको एक धाराबाट गाउँले सबैले खानेपानीको ब्यवस्था गर्नु परेको नेपालीले बताउभुयो । बिहान सबेरै उठेर पानीको लागि लाइनमा बस्नुपर्ने बताउदै नेपालीले भन्नुभयो, ‘कहिलेकाँही त पानीको जोहो गर्दा नै दिन बित्छ ।’ दलित बस्तीका बालबालिकाहरु समेत पानीकै जोहो गर्दा पढाई नै छाड्नुपर्ने अवस्था रहेको छ ।

गाउँका विद्यार्थीहरुले विहान विद्यालय जाँदा नै गाग्री लिएर जाने र धारामा छाड्ने विद्यालयबाट घर फर्किदा पानी लिएर आउने गर्दछन् । विद्यार्थी स्मारिका नेपालीले पानीको समस्याले घरबाट विद्यालय जादा गाग्री संगै लिएर जाने र फर्किदा पानी लिएर आउने गरेको बताउनुभयो ।

पानीको मुल नहुदाँ खानेपानीको समस्या भएको वडा अध्यक्ष क्या लाल बहादुर गुरुङ्ले बताउनुभयो । दुई वर्ष पहिला १५ हजार लिटरको ट्याङ्की निर्माण गरे पनि पानीको लागि स्रोत नहुदाँ बनेको ट्याङकीमा पानी संकलन गर्न नसकिएको बताउनुभयो । खानेपानीको स्रोत खोजेर गाउँपालिका र प्रदेश सरकार सगँ लिफ्टिङ खानेपानी आयोजनाको माग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal