इन्जिनियरिङ अध्ययनलाई ब्यवस्थित बनाइने

गल्याङ,१ पुस– गल्याङमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनलाई ब्यवस्थित गरिने भएको छ ।
गल्याङ नगरपालिका ८ मा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनलाई थप व्यवस्थित गरिने भएको हो ।
विद्यालयमा बुधबार आयोजना नव आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिभावक भेला गरेर गरिएको एक कार्यक्रममा नगरपालिकाले अध्ययनलाई थप ब्यवस्थि गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यालयमा सञ्चालनमा आएको प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन नगरपालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले विद्यालयलाई जिल्लाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि नगरको साथ रहेको समेत स्पष्ट पार्नुभयो । विशेष योजना बनाएर प्रस्तावपत्र तयार पार्न आग्रह गर्दै नगरप्रमुख अधिकारीले नगरपालिका शैक्षिक संस्थाहरुलाई सक्दो सहयोग नर्ग नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले शिक्षाको स्तर बढाउनुपर्ने बताउदै प्राविधिक शिक्षा भए पनि गुणस्तरीय शिक्षा नभएमा त्यस्तो जनशक्तिले प्रतिस्पर्धा गर्न नसक्ने भएकोले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव केदारराज आचार्यले नेपालमा सिपमुलक शिक्षाको कमी रहेको भन्दै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal