कृषकलाई टनेल वितरण


वालिङ,१ पुस– वालिङ नगरपालिका ११ ले कृषकहरुलाई टनेल वितरण गरेको छ । वडा कार्यालय डौँवामा अयोजित टनेल वितरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले व्यवसायिक तरिकाले कृषि कार्यमा लाग्न आग्रह गर्नुभयो ।
उपप्रमुख तिवारीले कृषिको व्यवसायीकरण विना कृषकको स्तरवृद्धि हुन नसक्ने भन्दै व्यवसायीक रुपमा काम गर्ने कृषकलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, ‘माटो हावापानी सुहाँउदो कृषिप्रणालीमा लाग्नुहोस आवश्यक सहयोग गर्न नगरपालिका तयार छ ।’ कृषकले उत्पादन गरेको वस्तुका बजारीकरणको जिम्मा समेत नगरपालिकाले लिने तिवारीले बताउनुभयो ।
कृषकका उत्पादनले बजार नपाएर कुहाउनुपर्ने अवस्थाको सृजना नहुँने भन्दै उपप्रमुख तिवारीले कृषकलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा १ नम्बर वडाका अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले र सामाजिक विकास अधिकृत पदमपाणी पाण्डेले सामुहिक रुपमा कृषिमा लाग्दा काममा सहज हुने भन्दै व्यवसायिक ढंगबाट अगाडि बढ्न आग्रह गर्नुभयो । वडा अध्यक्ष बसन्त मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य चोलाकान्त पौडेल र सञ्चालन नगेन्द्र पराजुलीले गर्नुभएको थियो । १९ हप्ते आईपिएम कृषि पाठशालामा सहभागि ३० जना कृषकहरुलाई टनेल वितरण गरिएको हो । आईपिएम कृषक पाठशालमा सहभागी कृषकहरुले टमार र अकबरे खुर्सानी उत्पादन गर्दै आएकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal