वालिङ नगरपालिका द्वारा होमस्टेमा कुखुराका चल्ला वितरण
वालिङ, २५ मङ्सिर, वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाले ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
“होमस्टेहरुमा आउनुहुने पाहुनाहरुलाई स्थानीय तथा अर्गानिक स्वाद दिनका लागि स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेका हौं” उप प्रमुख तिवारीले भन्नुभयो, “कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएका छौं आगामी दिनमा आवश्यक सहयोगहरु पनि उपलब्ध गराउँदै जानेछौं ।”
नगरपालिकाले उपलब्ध गराएको चल्लाहरुको राम्रोसँग रेखदेख गरी ब्यवसायिक लाभलिन र होमस्टेको आर्थिक स्तरोन्नतितर्फ अग्रसर हुँदै जानका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
वालिङ ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ ७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, १० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, १२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र १२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाका विभिन्न वडामा क्रियाशील रहेका होमस्टेहरुमा आबद्ध रहेका २०–३० घर परिवारले कुखुरा भाग लगाएर आ–आफ्नो घर घरमा पाल्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा आठ वटा होमस्टेलाई चार हजार ८०० कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टे होमस्टेलाई ६००÷६०० वटा कुखुराका चल्ला वितरण गरिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
“नगरपालिकाले स्थानीय जातका कुखुराका चल्लाहरु निशुल्करुपमा उपलब्ध गराएर होमस्टेहरुको आर्थिक स्तर उकास्नका लागि थालेको प्रयास राम्रो रहेको होमस्टे सञ्चालकहरुले बताएका छन् ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















