पुतलीबजारमा घर घरमा करेसाबारी टोलटोलमा नर्सरी

स्याङ्जा, २५ मङ्सिर, पुतलीबजारमा नगरपालिकामा एक घर एक करेसाबारी संगै नगरभित्रका सबै टोलमा नर्सरी निर्माण गर्ने अभियानको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक पर्ने तरकारी आफै उत्पादन गरेर उपभोग गर्न हौसला प्रदान गर्ने उद्देश्यका साथ नगरपालीका भित्र रहेका टोलविकास संस्थाहरुलाई विउविजन वितरण गरेको हो । क्लबले नगरपालीका भित्र रहेका २ सय ९५ वटा टोल विकास संस्थाहरुलाई विउविजन वितरण गरेको जनाएको छ ।

नगरपालिका भीत्रका किसानहरुलाई तरकारी व्यवसाय तर्फ आकर्षण गर्नेउद्देश्यले पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग तथा सुर्याेदय क्लबको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको अवधारणा ल्याएका हौ ।” किसानको लागि आवश्यक पर्ने सबै खालका औजारहरु समेत बेलाबेलामा नगरपालिकाले वितरण गर्दै आएको नगरप्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम अनुसार सुर्याेदय क्लबले किसानहरुलाई फुलगोपी, बन्दागोपी, साग, मुला र धनीयाका बिरुवा टोलविकास संस्था मार्फत वितरण गरेको छ भने किसानलाई टनेल, गडेउले मल, कुटानी पिसानी मेसिन र बाख्रा पालनका लागि लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ ।
पुतलीबजार नगरपालिकाको रु १ करोड ३६ लाख र युएनडीपीको रु १ करोड गरि २ करोड ३६ लाखमा सुर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ । सयुक्त कार्यक्रम गर्दा सफल भईने हुदा तीन वटा संस्था मिलेर काम गरेको क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमबाट कोरोनाबाट प्रभावीत परिवार, महिला तथा जनजातीहरुलाई सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal