पुतलीबजारमा घर घरमा करेसाबारी टोलटोलमा नर्सरी
स्याङ्जा, २५ मङ्सिर, पुतलीबजारमा नगरपालिकामा एक घर एक करेसाबारी संगै नगरभित्रका सबै टोलमा नर्सरी निर्माण गर्ने अभियानको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक पर्ने तरकारी आफै उत्पादन गरेर उपभोग गर्न हौसला प्रदान गर्ने उद्देश्यका साथ नगरपालीका भित्र रहेका टोलविकास संस्थाहरुलाई विउविजन वितरण गरेको हो । क्लबले नगरपालीका भित्र रहेका २ सय ९५ वटा टोल विकास संस्थाहरुलाई विउविजन वितरण गरेको जनाएको छ ।
नगरपालिका भीत्रका किसानहरुलाई तरकारी व्यवसाय तर्फ आकर्षण गर्नेउद्देश्यले पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग तथा सुर्याेदय क्लबको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको अवधारणा ल्याएका हौ ।” किसानको लागि आवश्यक पर्ने सबै खालका औजारहरु समेत बेलाबेलामा नगरपालिकाले वितरण गर्दै आएको नगरप्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम अनुसार सुर्याेदय क्लबले किसानहरुलाई फुलगोपी, बन्दागोपी, साग, मुला र धनीयाका बिरुवा टोलविकास संस्था मार्फत वितरण गरेको छ भने किसानलाई टनेल, गडेउले मल, कुटानी पिसानी मेसिन र बाख्रा पालनका लागि लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ ।
पुतलीबजार नगरपालिकाको रु १ करोड ३६ लाख र युएनडीपीको रु १ करोड गरि २ करोड ३६ लाखमा सुर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ । सयुक्त कार्यक्रम गर्दा सफल भईने हुदा तीन वटा संस्था मिलेर काम गरेको क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमबाट कोरोनाबाट प्रभावीत परिवार, महिला तथा जनजातीहरुलाई सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















