वालिङ नगरपालिका द्वारा होमस्टेमा कुखुराका चल्ला वितरण
वालिङ, २५ मङ्सिर, वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाले ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
“होमस्टेहरुमा आउनुहुने पाहुनाहरुलाई स्थानीय तथा अर्गानिक स्वाद दिनका लागि स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेका हौं” उप प्रमुख तिवारीले भन्नुभयो, “कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएका छौं आगामी दिनमा आवश्यक सहयोगहरु पनि उपलब्ध गराउँदै जानेछौं ।”
नगरपालिकाले उपलब्ध गराएको चल्लाहरुको राम्रोसँग रेखदेख गरी ब्यवसायिक लाभलिन र होमस्टेको आर्थिक स्तरोन्नतितर्फ अग्रसर हुँदै जानका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
वालिङ ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ ७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, १० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, १२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र १२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाका विभिन्न वडामा क्रियाशील रहेका होमस्टेहरुमा आबद्ध रहेका २०–३० घर परिवारले कुखुरा भाग लगाएर आ–आफ्नो घर घरमा पाल्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा आठ वटा होमस्टेलाई चार हजार ८०० कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टे होमस्टेलाई ६००÷६०० वटा कुखुराका चल्ला वितरण गरिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
“नगरपालिकाले स्थानीय जातका कुखुराका चल्लाहरु निशुल्करुपमा उपलब्ध गराएर होमस्टेहरुको आर्थिक स्तर उकास्नका लागि थालेको प्रयास राम्रो रहेको होमस्टे सञ्चालकहरुले बताएका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















