बिरुवा गाउँपालिकामा एम्बुलेन्स सेवा
स्याङ्जा, २५ मङ्सिर, बिरुवा गाउँपालिकाले एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथै गाउँपालिकाकै लगानीमा एम्बुलेन्स सेवा शुरु गरिएको बताउनुभयो ।
एम्बुलेन्स सेवा संचालनमा आए सँगै बिरुवा गाउँपालिकाका बिरामीलाई स्वास्थ्यमा समस्या आएमा उपचारको लागि जिल्ला अस्पतालका साथै पोखरा, बुटबल तथा काठमाण्डौं सम्म पुग्नको लागि सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो । एम्बुलेन्स संचालनमा आए सँगै गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनु भयो ।

गाउँपालिकाले एम्बुलेन्स प्रयोगको लागि न्युनतम दर निर्धारण गरि सेवा प्रवाह गर्ने योजना बनाएको सुबेदीले बताउनुभयो । पालिकाले गरिब तथा न्युनतम रकम तिरेर समेत सेवा लिन अस्पताल जान नसक्ने बिरामीको लागि कार्यबिधी बनाएर निशुल्क सेवा दिने जानकारी दिनुभयो ।
गाउँपालिकाले सरकारद्वारा राजश्व छुटमा प्राप्त एम्बुलेन्स दश लाख एक हजार ३४८ रुपियाँको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
बिरुवा गाउँपालिकाले यसै आर्थिक वर्ष देखि एमबिबिएस डाक्टर सहितको कोभिँड अस्पताल समेत संचालनमा ल्याएको छ । गाउँपालिको ६ नम्बर वडामा रहेको अस्पतालबाट एमबिबिएस डाक्टरको साथै दुई जना स्टाफनर्सले दिदै आएको र स्वास्थ्य सेवालाई थप प्रभाव कारि बनाउन यसै वर्षबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















