बिरुवा गाउँपालिकामा एम्बुलेन्स सेवा
स्याङ्जा, २५ मङ्सिर, बिरुवा गाउँपालिकाले एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथै गाउँपालिकाकै लगानीमा एम्बुलेन्स सेवा शुरु गरिएको बताउनुभयो ।
एम्बुलेन्स सेवा संचालनमा आए सँगै बिरुवा गाउँपालिकाका बिरामीलाई स्वास्थ्यमा समस्या आएमा उपचारको लागि जिल्ला अस्पतालका साथै पोखरा, बुटबल तथा काठमाण्डौं सम्म पुग्नको लागि सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो । एम्बुलेन्स संचालनमा आए सँगै गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनु भयो ।

गाउँपालिकाले एम्बुलेन्स प्रयोगको लागि न्युनतम दर निर्धारण गरि सेवा प्रवाह गर्ने योजना बनाएको सुबेदीले बताउनुभयो । पालिकाले गरिब तथा न्युनतम रकम तिरेर समेत सेवा लिन अस्पताल जान नसक्ने बिरामीको लागि कार्यबिधी बनाएर निशुल्क सेवा दिने जानकारी दिनुभयो ।
गाउँपालिकाले सरकारद्वारा राजश्व छुटमा प्राप्त एम्बुलेन्स दश लाख एक हजार ३४८ रुपियाँको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
बिरुवा गाउँपालिकाले यसै आर्थिक वर्ष देखि एमबिबिएस डाक्टर सहितको कोभिँड अस्पताल समेत संचालनमा ल्याएको छ । गाउँपालिको ६ नम्बर वडामा रहेको अस्पतालबाट एमबिबिएस डाक्टरको साथै दुई जना स्टाफनर्सले दिदै आएको र स्वास्थ्य सेवालाई थप प्रभाव कारि बनाउन यसै वर्षबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















