वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

वालिङ,१ असाेज- वालिङ नगरपालिका–६ पाडेटारीमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग.१ ज. ८४३७ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको लु.९६ प. ५९४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

दुर्घटनामा मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी र मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय सरोज विक घाइते भएका छन्। अधिकारीको टाउको र अनुहारमा चोट लागेको छ भने विकको बायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

 घाइते दुवै जनालाई गह्राै प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ।

 हाइस चालक स्याङ्जाको भिरकोट नगरपालिका–८ रिपका करिब ४९ वर्षीय चोकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक 

रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal