स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

अर्जुन काफ्ले


स्याङ्जा,२२भदौ- भोटेकोशीको बाढीपहिरोपछि स्याङ्जाका सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। बाढीपहिरो गएको लामो समयसम्म पनि आठै जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमुना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

भोटेकोशीको बाढीपहिरोपछि भीरकोट नगरपालिका–५, पकानका ७० वर्षीय कृष्ण अर्याल र उहाँकी श्रीमती राधा अर्याल गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बट्टारबाट सम्पर्कविहीन हुनुभएको थियो।

यस्तै, कालीगण्डकी गाउँपालिका–४, ताप्लेबेसीका गुरुदत्त पाण्डे, सोही वडाका नुवाकोटको मैलुङ हाइड्रोपावरमा कार्यरत ३० वर्षीय अमल्दार रोहन राना, चापाकोट नगरपालिका–१० का दिनामनी पंगेनी, वालिङ नगरपालिका–१४ घर भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा, भीरकोट नगरपालिका–२ का नेपाली सेनाका ३१ वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षीय तिलक राना सम्पर्कविहीन हुनुहुन्छ।

सम्पर्कविहीनमध्ये वालिङका समबहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन गरिएको हो।

यस्तै, अन्य छ जनाका परिवारबाट काठमाडौंस्थित प्रहरी अस्पतालमा नमुना सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।

नमुना दिइएका अर्याल दम्पतीको भने हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया गरिएको छ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal