स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

स्याङ्जा,१९ भदाै- स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नाउडाँडास्थित भित्री सडकखण्डमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवककाे मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएकाे जानकारी अनुसार शुक्रबार दिउँसो नाउडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग.२५ प.९६२४ नम्बरको मोटरसाइकल र सेतीदाेभानबाट आउँदै गरेको ग.१ ज.२४९३ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किदा घाइते भएका आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय मोटरसाइकल चालक घनश्याम ढकाललाई उपचारकाे लागि गण्डकी अस्पताल पाेखरा लगिएकाे र उपचारकाे क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।

ट्याक्सी चालक आँधीखाेला गाउपालिका–५ बास्कोट बस्ने ३९ वर्षीय हरिराम पौडेललाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal