ब्रेन इन्जुरीबाट बाँचेका बेलायतीहरूको कथामा  ‘द एभरेस्ट ड्रीम’, निफमा रिलिज हुँदै

काठमाडौं,३ चैत- बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म “द एभरेस्ट ड्रीम“ तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो फिल्मलाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गर्नुभएकाे हाे ।

फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरहरूले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताइएका उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए । फिल्ममा उनीहरूको स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै एभरेस्ट बेस क्याम्पतर्फको कठिन तर भावनात्मक यात्रालाई देखाइएको छ । यात्राका क्रममा उचाइ, थकान र स्वास्थ्यका चुनौती आए पनि उनीहरू एक–अर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास गर्छन् । यात्रामा केही चुनौतीपूर्ण क्षणहरू पनि देखिन्छन्—एक सदस्य केही समय समूहबाट छुट्टिने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था ।

निर्देशक पाण्डेका अनुसार, यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ । यस्ता बिरामीहरुले सामूहिक रुपमा सगरमाथा आरोहण गरेको यो पहिलो हो । द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र उनका परिवारसहित ७ जना सगरमाथा बेस क्याम्प पुगेका थिए ।

डकुमेन्ट्री फिल्म निर्माणको क्रममा निर्देशक पाण्डे स्वयंले पनि चुनौती सामना गरेका थिए । 

सगरमाथा बेस क्याम्प पुग्नै लाग्दा अक्सिजनको कमी भएपछि उनी आफै पनि हेलिकप्टरमार्फत फर्किनु परेको थियो ।

यो डकुमेन्ट्री यही अप्रिल ५ मा काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा प्रिमियर हुने तयारीमा रहेको छ । त्यसपछि फिल्म विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन हुने निर्देशक पाण्डेले बताउनुभयाे ।

निर्देशक पाण्डेका यश अघिका डकुमेन्ट्रीहरू पनि अन्तर्राष्ट्रिय स्तरमा सफल भइसकेका छन् । उनको भूकम्पसम्बन्धी डकुमेन्ट्री “भाग्यले बाँचेकाहरु”ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो र ३२ भन्दा बढी देशमा प्रदर्शन भएको थियो । त्यस्तै बहुपति प्रथामाथि आधारित डकुमेन्ट्री “को–हजबेण्ड”ले पनि एक दर्जन भन्दा बढी उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो भने संसारका ४० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भएको थियो ।

फिल्म निर्माणमा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ । निर्देशक पाण्डेले फिल्म निर्माणमा सहयोग गर्ने सबै टिम सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

त्यसैगरी, यो फिल्म सुरु गर्न प्रेरणा दिने जेम्स ल्याम्ब र लिटिल शेर्पा फाउण्डेशनप्रति पनि उनले विशेष धन्यवाद दिएका छन् । पाण्डेका अनुसार लिटिल शेर्पा फाउन्डेसनसँगको सहकार्यकै क्रममा उनले सन् २०१७ मा बेलायतको संसद्मा “भाग्यले बाँचेकाहरु” प्रदर्शन गर्ने अवसर समेत प्राप्त भएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal