स्वधर्म माविकाे ६६ औं वार्षिकोत्सव सम्पन्न
पर्वत,३ पुस- स्वधर्म माध्यमिक विद्यालय-महाशिला – ४ पाखापानी पर्वतले ६६ वर्ष प्रवेश गरेको अवसरमा वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ को पुरस्कार वितरण ,अक्षयकोषबाट प्राप्त पुरस्कार वितरण, शिक्षक, अभिभावक, सम्मानलगायतका कार्यक्रमका साथै विविध सांस्कृतिक नृत्यहरूसमेत गरिएको थियो ।
कार्यक्रममा महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा विकले विद्यालयको शैक्षिक उन्नयनमा पालिकाको सधैँ साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा महाशिला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले विद्यालयले वार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोजना गर्ने पालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापको आगामी वर्षदेखि आजीवन पुरस्कार सौजन्य गर्ने घोषणा गर्नुभएको थियो।
उक्त अवसरमा महेन्द्रज्योति मा. विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एक बहादुर हमाल, महाशिला स्काउट स्थानीय आयुक्त भवराज शर्मा, जनविकास मा.विका प्रअ उमाकान्त लम्साल, अक्षयकोष दाता हर्क ब. रेग्मी, पूर्व शिक्षक डिल ब. कार्की लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनविकास मा .वि. प्रथम, मदन आश्रित मा.वि.द्वितीय र स्वधर्म मा. विले तृतीय स्थान हात पारेका थिए ।

वार्षिकोत्सवका अवसरमा वर्ष शिक्षकका रूपमा विद्यालयको निमावि तृतीय तहका शिक्षक नारायणप्रसाद पराजुली र उत्कृष्ट अभिभावक राधिका भण्डारी सम्मानित हुनुभएको थियो । सोही अवसरमा अक्षयकोषदाता बहादुर क्षेत्री ,बमबहादुर क्षेत्री, रामबहादुर भण्डारी,ध्रुव रेग्मी लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वि .व्य. स. अध्यक्ष एवम् कार्यक्रमका सभापति अमृत प्रसाद सुवेदीले विद्यालयको समग्र उन्नयनका लागि शिक्षक, अभिभावक विद्यालय र स्थानीय सरकारले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विद्यालयका प्रधानाध्यापक शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन ,आयव्यय विवर्ण र भावी कार्यदिशा प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका भगवती कुमारी पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















