पिस जाेनकाे विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

वालिङ,२७ मङ्सिर- वालिङ नगरपालिका ९ भुम्रेमा रहेकाे पिस जाेन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले विज्ञान प्रदर्शनी एवं प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रमकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पिस जाेनले वालिङमा मात्रै नभएर जिल्लामै एक उत्कृष्ठ शैक्षिक संस्थाकाे रुपमा आफ्नाे पहिचान बनाउन सफल भएकाे बताउदै थप सफलताकाे शुभकामना ब्याक्त गर्नुभयाे। नगरप्रमुख खाँणले भन्नुभयाे,”नगरपालिका शिक्षा क्षेत्रकाे सुधारका लागि नगरकाे शैक्षिक नीति बनाएर अगाडि बढेकाे छ।” हामी शैक्षिक गुणस्तरकाे सुधार र ब्यवाहरिक शिक्षामा जाेड दिनुपर्छ भन्ने याेजनाका साथ अगाडि बढेका छाैं।

शिक्षाकाे नतिजा अन्य क्षेत्रकाे भन्दा ढिलाे आउने बताउदै नगरवासिकाे गुणस्तरिय शिक्षाकाे चाहना पूरा गर्न नगरपालिका लागि परेकाे समेत नगरप्रमुख खाँणले बताउनुभयाे।

कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष शेरबहादुर श्रेष्ठ(अमृत) लक्ष्मि माविकी प्रअ सीता गाैडेल, पूर्णामृतभवानी माविका शिक्षक हरिप्रसाद पंगेनी लगायतले बाेल्नुभएकाे थियाे।

विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रे(अमृतले)विद्यालयकाे शैक्षिक गिविधि लगायतका विषयहरु प्रस्तुत गर्नुभएकाे थियाे।

विद्यार्थीले निर्माण गरेका विभिन्न प्रकारका सामग्रीहरु प्रदर्शनमा राखिएकाे थियाे भने उत्कृष्ठ शिक्षक शिक्षिकालाई सम्मान गर्नुका साथै विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे थियाे।

कार्यक्रममा विभिन्न किसिमकाे नृत्य संगै भजनकृतन सहित विद्यार्थीहरुले आफ्नाे कला प्रस्तुत गरेका थिए।

ताजा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal