जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते

काठमाडाैँ,२३ भदाै- सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट  १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै  १९ जनाको ज्यान गएको छ । 

सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्  भने  तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ। 

यस्तै, नेशनल ट्रमा सेन्टरमा आठजना घाइतेको मृत्यु भएको छ भने  ५९ जना घाइते उपचाररत छन् । 

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये सात जनालाई डिस्चार्ज गरिएको छ भने दुई जनाको मृत्य भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते उपचारत छन् भने एक जनाको मृत्यु भएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते मध्ये दुईजनाको  मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज  गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।गाेप

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal