युवा कवि न्यौपानेको “सिरौँला” विमोचन
गोपाल जिटी
वालिङ,१४ भदाै- युवा कवि पारिश्वर न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ विमोचन गरिएको छ । स्याङ्जाको वालिङ् नगरपालिका–१३ का युवा कवि न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ आज शनिबार वालिङमा विमोचन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ कवि एवम् महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपानेसहितले संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ सार्वजनिक गर्नुभएकाे हो ।
पुस्तक सार्वजनिक गरेसँगै महाकाव्यकार डा. नवराज लम्सालले कवितासङ्ग्रहमा संग्रहित कविताहरु अत्यन्त सरल र सबैको मन–मनमा भिज्ने खालको रहेको बताउनुभयो । सरल भाषा शैलीमा लेखिएका कविताले पाठकको मन जित्नसक्ने डा. लम्सालकाे भनाइ थियाे । कविताले सरल भाषा शैलीसँगै आफ्नो इतिहास र भौगोलिकतालाई समेट्न सक्नुपर्छ । कुनै दल वा नेतालाई गाली वा आक्षेप लगाउने खालको हुन नहुने र त्यस्ता कविता कालजयी नहुने डा. लम्सालले औंल्याउनुभयाै ।
उहाँले भन्नुभयो, “ कविताले आफ्नो इतिहास र भौगोकितालाई समेट्न सक्नुपर्छ । कुनै दल वा नेतृत्वलाई गाली गर्ने कविता कालजयी हुँदैन । मानव जीवन र समाजलाई बोल्न सक्ने साहित्यिक सिर्जनाले दिगोपना पाउँछ ।” जसरी चामलबाट सिरौंला बनाउन परिश्रम लाग्छ त्यसैगरी युवा कवि न्यौपानेको सिर्जना पनि मिहिन र गुनिलो रहेको डा. लम्सालले व्यक्त गर्नुभयो । नेपाली साहित्यिक फाँटमा सिरौंला कृतिले गतिलो इट्टा थप्ने काम गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश सांसद भोजराज अर्यालले साहित्यले ईतिहासलाई जीवित राख्न र वर्तमान समयमा भएका गतिविधिलाई कलमको माध्यमबाट बाहिर ल्याउन अहम भूमिका खेल्ने बताउनुभयो । समाजलाई सहि मार्गमा हिडाउँनसमेत साहित्यले मद्दत गर्ने उल्लेख गर्दै उहाँले सिरौँला एक कविताको दस्ता भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी र लेखक न्यौपानेसमेतले पुस्तकका बारेमा विमर्श गर्नुभएकाे थियाे ।
रत्नटीका साहित्य संगमबाट प्रकाशित कविता सङ्ग्रह सिरौँलामा १ सय ११ वटा कविताहरु छन् । पहिलो खण्डमा १८, दोस्रोमा ५८, तेस्रोमा १३ र चौथो खण्डमा २२ वटा कविताहरु संग्रहित छन् ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार





















