फूलबारी सहकारी द्वारा सहकारीकाे मापदण्ड संबन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
वालिङ,६ भदाै- वालिङ नगरपालिका १० भकुण्डेमा रहेकाे फूलबारी बचत थता ऋण सहकारी संस्थाले सहकारीकाे मापदण्ड संबन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ।
फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संशाेधित सहकारी ऐन २०७४ र राष्ट्रिय सहकारी नियमन प्राधिकरण द्वारा जारी गरिएकाे मापदण्डका बारेमा राष्ट्रिय सहकारी कार्यालय वालिङका प्रमुख राेशन पाैडेलले सहजिकरण गर्नुभएकाे थियाे। सहकारीकाे वर्तमान अवस्था र नयाँ ब्यवस्थाका बारेमा संचालक समितिका पदाधिकारी एवं कर्मचारीहरुलाई कार्य सम्पादन गर्दा ध्यान पुर्याउनुपर्ने विषय वस्तुका बारेमा जानकारी गराउनुभएकाे थियाे।
सहकारी शेयर सदस्यहरुमा आधारित संस्था भएकाेले साेहि भावना र मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा पाैडेलले जाेड दिनुभएकाे थियाे।
ऋण असुलि न्यायधिकरणकाे ब्यवस्थाले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई बैधानिक तवरबाट समाधान गर्न सकिने भएकाेले संचालकहरुले सहकारीकाे नियम अनुसार कार्य गर्दा समस्या समाधान हुने समेत बताउनुभयाे।

कार्यक्रममा सहकारीका अध्यक्ष शाेभाकान्त पाैडेलले फूलबारी सहकारीलाई नमुना सहकारीका रुपमा अगाडि बढाउन आफुहरु लागि परेकाे बताउदै सबै शेयर सदस्यरुलाई आ-आफ्नाे ठाउँबाट लाग्न समेत आग्रह गर्नुभयाे।
वालिङ १० भकुण्डेमा रहेकाे सहकारी संस्थाले यश क्षेत्रमा स्थापित संस्थाकाे पहिचान बनाउन सफल भएकाे छ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















