स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

अर्जुन काफ्ले
स्याङ्जा,२७ असार- 
आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जामा सङ्घीय र प्रदेशको समग्रमा ७८.८२ प्रतिशत पूँजीगत खर्च भएको छ ।

यहाँ पूँजीगतमा सङ्घीय तर्फ एक अर्ब १८ करोड २७ लाख चार हजार बजेटमा ९१ करोड ६० लाख चार हजार ४७१ रुपियाँ ९७ पैसा(७७.४५) र प्रदेश तर्फ दुई अर्ब २५ करोड ४० लाख ५० हजार बजेटमा एक अर्ब ८० करोड ७७ लाख ५८ हजार ८८८ रुपियाँ (८०.२०) खर्च भएको हो ।

कोष तथा नियन्त्रक कार्यालय स्याङ्जाका प्रमुख थम नारायण शर्माले समग्रमा चालु तर्फ भने ८८.८५ प्रतिशत खर्च भएको बताउनुभयो ।

चालू तर्फ सङ्घीय बजेटमा आठ अर्ब छ करोड ५० लाख ७८ हजार २९२ रुपियाँमा सात अर्ब ७८ करोड ११ लाख आठ हजार ७६४ रुपियाँ ८४ पैसा (९६.४८ प्रतिशत) खर्च भएको हो ।

यस्तै चालु तर्फ प्रदेश सरकारको ८२ करोड २२ लाख ५८ हजार ६७७ रुपियाँ मध्ये ६६ करोड ७९ लाख ४० हजार ६१४ रुपियाँ ९५ पैसा ( ८१.२३प्रतिशत) बजेट खर्च भएको हो । 

चालू आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयहरुले ७९ करोड ६२ लाख ७५ हजार ७१० रुपियाँ ०७ पैसा राजस्व सङ्कलन गरेका छन् ।

सङ्घीय कार्यालयहरुले ६० करोड ७२ लाख ९६ हजार नौ सय ३२ रुपियाँ ६२ पैसा र प्रदेश कार्यालयहरुले १८ करोड ८९ लाख ७८ हजार ७७७ रुपियाँ ४५ पैसा राजस्व सङ्कलन गरेका हुन् ।

यस्तै कोष तथा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको पूँजीगत तर्फ कुल ४४ करोड ६२ लाख रुपियाँ फ्रीज(फिर्ता) बताएको छ ।

सबैभन्दा धेरै पूर्वधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड ६२ लाख र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ६६ लाख रुपियाँ फिर्ता गरेका हुन् । 

ताजा

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal