पाेखरामा जारी कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा,२५ जेठ-पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकाेमा सोमबार समापन हुनेछ ।

योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।

आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयाे ।

 आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायतकाे सहभागीता रहेकाे थियाे।

 शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयाे।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गर्नुभएकाे छ । कोटीहोमको समयावधि थप भएसँगै उहाँले जेठ ३१ गते सम्म कथा वाचन गर्नुहुने छ ।

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गर्नुभएकाे थियाे भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गर्नुभएकाे थियाे ।

कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ।

“धर्मले कहिल्यै विभाजन सिकाउँदैन, हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,” महाराजले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो। उहाँको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।

सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal