आधुनिक शैक्षिक प्रणाली अबकाे आवश्यक्ता: सञ्चार मन्त्री गुरुङ

वालिङ,२१ चैत- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्वा गुरुङले परम्परागत ढङ्गको शिक्षाले सामुदायिक विद्यालय नचन्ले बताउनु भएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अझैपनि सामुदायिक विद्यालयहरु परम्परागत शैक्षिक प्रणालीमा रहेकाले यस्तो शैलीबाट शैक्षिक उन्नयन हुँन नसक्ने बताउनुभएको हो ।

स्याङ्जाको वालिङ १३ को खानीडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले सामुदायिक विद्यालयहरु अब फरक र आधुनिक शैक्षिक प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “अब सामुदायिक विद्यालयहरु फरक ढङ्गबाट सञ्चालन हुँन आवश्यक छ । विद्यालयमा भौतिक पुर्वाधार मात्र नभई विद्यार्थीलाई तथा अभिभावकलाई उक्त विद्यालय पुग्न कत्तिको सहज भएको छ त्यतातर्फ पनि ध्यान दिन आवश्यक छ ।”

सामुदायिक विद्यालयहरुमा छात्रवासको व्यवस्था, स्कुल बस, पर्याप्त प्रयोगशाला, अतिरिक्त क्रियाकलापहरुलगायतमा ध्यान पु¥याउन आवश्यक रहेको मन्त्री गुरुङको भनाई छ । बोर्डिङ स्कुलमा मात्रै होस्टेल, स्कुल बसलगायतको सुविधा हुन्छ भन्ने मानसिकता चिर्नका लागि सामुदायिक विद्यालयले फरक तरिकाबाट अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

राज्यले शिक्षाका क्षेत्रमा अहिलेसम्म अबौँ खर्च तथा लगानी गरेपनि सोही अनुसारको उपलब्धी हाँसिल गर्न नसक्नु दुःखदायी विषय भएको भन्दै सँधै परम्परागत शैलीमा हिँड्न नहुँने मन्त्री गुरुङले औंल्याउनुभयो । नयाँ ढंगबाट शैक्षिक क्षेत्रलाई अगाडि बढाउनपर्छ भनिरहँदा त्यहाँ खर्च तथा आवश्यक दरबन्दीको पनि आवश्यकता रहन्छ । यसका लागि अहिले विद्यार्थी भन्दा शिक्षक धेरै भएका विद्यालय पनि छन् । यसरी सरकारले पाल्न नसक्ने भन्दै मन्त्री गुरुङले पायक पर्ने ठाउँमा र विद्यालय मर्च गरेर स्कुल बसको सुविधासहित सञ्चालनमा y सरकार रहेको व्यक्त गर्नुभयो । योसँगै सामुदायिक विद्यालयहरुमा खेलकुद, सङ्गीत एवम् प्रविधियुक्त शिक्षणको व्यवस्थासहिनत लाग्नुपर्ने आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री एवम् नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले पहिलाको तुलनामा शिक्षा क्षेत्रमा परिवर्तन आएको बताउनुभयो । यतिबेला शिक्षकहरुको आन्दोलन चलिरहेको प्रसङग जोड्दै नेता अर्यालले शिक्षकको पीडा र जायज माग प्रति आँफूहरू गम्भीर रहेको बताउनुभयो । व्यवस्था फेरिएको तर अवस्था नफेरिएको भन्ने भाष्य गलत रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले हाम्रा विद्यालयको आवश्यकता अनुसारको भौतिक पूर्वाधार निर्माण, गाउँटोल क्षेत्रमा भएका सडक विस्तार, खानेपानीको व्यवस्थालगायत विभिन्न गौरवका योजनाहरुलाई हेरौं ।

कार्यक्रममा प्रधानध्यापक यामबहादुर कुँवरले विद्यालयको बारेमा जानकारी गराउनु भएको थियो । २०४२ सालमा माध्यमिक र २०६४ उच्च माविसहित विद्यालय आज स्वर्ण महोत्सव मनाउने ठाउँमा आएको प्रधानाध्यापक कुँवरले उल्लेख गर्नुभयो । ३ सय १२ जना विद्यार्थी रहेको सरस्वती माविले आगामी शैक्षिक सत्रबाट आवसीयरुपमा सञ्चालन गर्ने तयारीमा लागेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमका अवसरमा स्वर्ण स्मारक अनावरण, विद्यार्थी प्रतिभा प्रस्तुत, मनकुमारी स्मृति छात्रवृत्ति वितरण, जग्गादाता, संस्थापक, पूर्व शिक्षक, चन्दादाताहरुलाई सम्मान, राष्ट्रिय कलाकार तथा विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको  थियो । 

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal