गणतन्त्र कसैको बक्सिस होइनः एमाले नेता अधिकारी

वालिङ,१८ चैत– नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्र कसैको बक्सिस नभएको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाद्वारा वालिङमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
यही चैत १५ गते काठमाडौँमा राजतन्त्री वादिहरुले गरेको हिंसात्मक आन्दोलनका विरुद्ध नेकपा एमालेले देशैभर जागरण सभाको आयोजना गरेको थियो ।
राजतन्त्रलाई भूतको संज्ञा दिदै पूर्व राजा ज्ञानेन्द्रले तर्साउन खोजेको बताउदै राजतन्त्र वादिहरुको शसक्त प्रतिवाद गर्ने समेत बताउनुभयो ।
राजतन्त्रले देशको रक्षा गर्न नसक्ने बताउदै कालो इतिहास बोकेको राजतन्त्रलाई कसैले पनि स्थापित गर्न नसक्ने बताउदै एमाले नेता अधिकारीले भन्नुभयो, “जनताको रगतको मसिले लेखिएको संविधान सभाबाट आएको संघिय लोकतान्त्रीक गणतन्त्र ख्यालठट्टा होइन”
राजतन्त्रको पक्षमा आन्दोलन गर्नेहरुले दिउँसै घरभित्र आगोलगाएर पत्रकारलाई जलाएको बताउदै अपराधिहरुलाई कारबाहिको दायरामा ल्याएरै छाड्ने बताउनुभयो ।
बैंंक ठग्ने अराजक दुर्गा प्रसाईलाई अगाडी सारेर पूर्व राजा ज्ञानेन्द्रले नरसंहार गराएको आरोप लगाउँदै देशको सिमाना र निर्वाचनमा मतदान गरेका नेपालीहरुलाई भारतिय बनाउने राजतन्त्रले देशको रक्षा गर्छभनेर कसैले नपत्याउने नेता अधिकारीको भनाइ थियो ।
राजातन्त्र वादिहरुलाई साढेको संज्ञा दिदै नेता अधिकारीले भन्नुभयो, “गणतन्त्र वादिदलहरुले देखाएको उदारता र अपनाएको सम्यम्तालाई कम्जोरी ठानेर केही असनका साढेहरु नाच्न खोज्दैछन् ।”
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) सचिव रामचन्द्र भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रम सुरु हुनुपूर्व वालिङ बजारमा र्याली निकालिएको थियो ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार