परम्परा जाेगाउन बाह्रविशे मेला
हिमलाल पराजुली
वालिङ,२२ चैत- आधुनिक्ताकाे नाममा परम्परा हराउदै जाने क्रम बढिरहेकाे बेला वालिङमा भने युवाहरु परम्परा जाेगाउन लागि परेकाछन्।
परम्परा र संस्कृति अमुल्य निधि भएकाे बताउदै यहाँका युवाहरु परम्परा संरक्षणमा एक जुट भएर लागेका हुन्। वालिङ नगरपालिका वडा नम्बर ९ र १३ मा रहेकाे रहेकाे भट्टे चाैरमा धेरै पहिले देखि मेला (बाह्रविशे बजार) लाग्दै आएकाेमा काेभिड- १९ का कारण राेकिएकाे बजार गत वर्ष देखि सुरु भएकाे छ। चैते दशैकाे रामनवमीकाे दिनमा २४ गते लाग्ने मेलालाई यश वर्ष विशेष बनाउने गरि तयारी भइरहेकाे बाह्रविशे मेला ब्यवस्थापन समितिका संयाेजक अर्जुन गाैतमले बताउनु भयाे।
मेला सञ्चालनकाे लागि वडा नम्बर ९ र १३ नम्बर वडा कार्यालयका साथै वालिङका समाजसेवी, व्यापारी एवं स्थानीय बासिन्दाले सहयाेग गरेकाे संयाेजक गाैतमले जानकारी दिनुभयाे।

परम्परा हराए पहिचान नै गुम्ने भएकाले यसकाे संरक्षणमा जुटेकाे गाैतमकाे भनाई रहेकाे छ। मेलाकाे लागि ३० ओटा स्टल निर्माण गरिएकाे छ। मेलामा व्यापार गर्न आउने ब्यापारिलाई निशुल्क रुपमा स्टल उपल्बध गराईने छ भने मेलामा माटाका भाडाकुडाका साथै स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु तथा खाजा नास्ताकाे लागि हाेटल एवं उखु लगायत जुसका ब्यापारिहरुले स्टल बुकिङ गरिसकेकाे मेला आयाेजक समितिले जनाएकाे छ। मेलामा हेल्थ डेक्स समेत राखिने भएकाे छ। मेलामा आउँनेहरुलाई स्वास्थ्य सम्बन्धि समस्या भएमा प्राथमिक उपचारकाे ब्यवस्था मिलाईएकाे आयाेजकले जनाएकाे छ।
मेलाकाे लागि आवश्य तयारि भइरहेकाे र बाह्रविशे बजार (मेलामा) राष्ट्रिय एवं स्थानीय कलाकारकाे प्रस्तुति रहने संयाेजक गाैतमले जानकारी दिनुभयाे।


ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















