प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

काठमाडौँ,१५ चैत- गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको  आरोप लगाएको छ। शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका  सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताउनुभयो।  उहाँले हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनुभयो।  

आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ। उहाँले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याइने बताउनुभयो। 

उहाँका अनुसार  तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएका छन्। त्यस्तै एकजनाको मृत्यु भएको छ। भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मुलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ। आज जति पनि क्षति भएको छ। यो क्षतिको पूर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ। मान्छे तत्काल पक्राउ पर्लान र छुटिहाल्छन् भन्ने स्थिति  छैन। अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ। प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनुभएको छ। भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन। तीनकुने क्षेत्रमा धेरै व्यक्तिको घरमा ढुंगामुढा भएको छ। केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ।’

जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रको कम्पनीमा भएको आगजनी अमानवीय भएको र सरकार अब संयमित भएर नबस्ने प्रष्ट पार्नुभयो। 

व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा  निन्दा  गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक नै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ। 

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal