एभिन्यूज टिभीका क्यामेरा पर्सन रजकको मृत्यु

काठमाडौँ,१५ चैत- तीनकुनेमा पूर्वराजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ ।

एभिन्यूज टिभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक रहेको पुष्टि भएको उल्लेख गर्दै प्रहरीद्वारा सनाखत गर्ने काम भइरहेको जानकारी दिनुभयो । पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर मृत्यु भएको हो ।

महासङ्घद्वारा पत्रकार रजकको मृत्यु भएकोप्रति दुःख व्यक्त
यसैबीच, नेपाल पत्रकार महासङ्घले राजसंस्थाको पुुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार सङ्कलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्तिमार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।

आगो लगाइएको भवनको समाचार सङ्कलनका क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ ।

“प्रदर्शनकारीको समूहले काठमाडौँस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको छभने कान्तिपुर टेलिभिजनको भवनमा जबर्जस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सृजना गरिएको छ । यस्तै, हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको”, महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासचिव दाहालले बताउनुभयो । क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन महासङ्घले सबैलाई आग्रह गरेको छ ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal