देशलाई विकास र समृद्धिको मार्ग लैजान्छौः उपप्रधानमन्त्री पौडेल
सिद्धार्थ राजमागको स्तरउन्नतीको कार्य अगाडी बढ्छ, उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेल
हिमलाल पराजुली
वालिङ,२ फागुन– नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको गठबन्धनको सरकारले देशलाई विकास र समृद्धिको मार्गमा अगाडी बढाउने बताउनुभएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधान मन्त्री पौडेलले देशका ठुला पार्टी नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको सरकार चौरासी सम्म जाने बताउदै सरकारले जनताको हितमा काम गरेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र लगायत साना दलहरुलाई खहरेको संज्ञा दिदै उप्रधान मन्त्री पौडेले भन्नुभयो, “खहरेले नदीलाई चुनौती दिन सक्दैन, खहरे उर्लीदैमा यसबाट प्रभावित हुनुहुदैन ।”
प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तर्फ लक्षि उपप्रधान मन्त्री पौडेलले अहिले देशको हित र विकास भन्दा निन्दा गर्ने र अवसरवादको खोजिमा लागिरहेकोले नेकपा एमाले र कांग्रेस एक ठाउँमा उभिएर देश विकासको अभियानमा लागेकोले सरकार प्रति भरोसा गर्न समेत आग्रह गर्नुभयो ।
सिद्धार्थ राजमागको स्तरउन्नतीको कार्य अगाडी बढ्छ
उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्गको स्तरउन्नती गर्ने बताउनुभएको छ । देशकै पुरानो र महत्वपूर्ण राजमार्ग भएकोले यस पटक यस सडकलाई अगाडी बढाउने बताउनुभयो । यो सडकलाई डेलिकेटेड डबल लेन सडकको रुपमा विकास गर्नको लागि विकास साझेदारहरु संग परार्मश गरिरहेको र आफु यस भन्दा अघिल्लो पटक सरकारमा हुदा बजेट बिनियोजन गरेको स्मरण गर्दै यस पटक यस सडकको स्तरउन्नतीको कार्यलाई अगाडी बढाउने यो स्याङ्जा जिल्लाको लाईफलाइन भएकोले पनि यसको स्तरउन्नतीले घुम्तीहरुको कटान र पुलको निर्माण संगै बुटवल पोखराको करिब २५,३० किलो मिटरको दुरि छोटिने समेत बताउनुभयो । साथै ज्याग्दी करिडोरको लागि समेत संघिय सरकारले अगाडी बढाउने बताउनुभयो ।
स्याङ्जा जिल्लाको समग्र विकासको लागि आफ्नो तर्फबाट पहल गर्ने अर्थमन्त्री समेत रहनुभएका पौडोलले प्रतिवाद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभासदस्य राजुथापा, पूर्व मन्त्री पद्माकुमारी अर्याल, गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री सिता सुन्दास, पूर्व मन्त्री दिपक थापा चर्ती मगर, जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर, निवर्तमान अध्यक्ष चुनप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
प्रशासकीय भवन ७८ लाख ८० हजार ४० रुपियाँ संघीय सरकार, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार १४९ रुपियाँ र बिरुवा गाउँपालिकको ६ करोड ४३ लाख १५ हजार ९९२ रुपियाँ गरेर सात करोड ९९ लाख ७० हजार १८१ रुपियाँमा निर्माण भएको हो ।
प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । भवनमा प्रशासकीय भवन, एक चमेना गृह, एक सुरक्षा गार्ड भवनसहित जम्मा २९ वटा कोठा छन् । २०७७ असार ३१ गते गीता श्री क्रिएटिभ जेभी पुतलीबजार नगरपालिका ७, स्याङ्जाले निर्माण गरेको भवनमा गत साउन १ गतेबाट सञ्चालनमा आएको थियो । भवन निर्माणसँगै सेवा प्रवाहमा छिटोछरितो र गुणस्तरीयता कायम गर्न सहयोग पुगेको प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताउनुभयो ।
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















