नेता होइन, परिवर्तनको अगुवा बन्नुपर्छ !

मुना न्यौपाने
आजका दिनमा राजनीति केवल पद, पैसा, र प्रभाव जमाउने खेलजस्तै बनिसकेको छ । जो जसरी पनि माथि उठ्न चाहन्छन्, चाहे त्यसका लागि चाकडी गर्नुपरोस्, झूट बोल्नुपरोस्, वा आफ्नै आत्मालाई बेच्नुपरोस् । नेतासँग फोटो खिच्दैमा कोही असल नेतृत्वकर्ता बन्दैन, कुर्सीको पछि कुद्दैमा कोही राष्ट्रसेवक बन्दैन । साँचो नेता त त्यो हो, जसले सत्यका लागि लड्न सक्छ, जसले अन्यायको अगाडि कहिल्यै शिर निहुराउँदैन ।
तर, के आज हाम्रा युवाहरू त्यस दिशामा हिँडिरहेका छन् त ?
हामीले देखिरहेका छौं–धेरैजसो केवल अवसर खोजिरहेका छन् । उनीहरू गलतलाई गलत भन्न डराउँछन्, कारण स्पष्ट छ–कुनै नेताको आँखामा चढ्न चाहन्छन्, कुनै संस्थाबाट लाभ लिन चाहन्छन्, कुनै अवसर गुम्न दिन चाहँदैनन् । यस्तो प्रवृत्तिले समाजलाई कहाँ पुर्याउने?
अब मौन बस्ने होइन, बोल्ने समय आएको छ !
हाम्रो देशलाई यस्ता ‘पद लोलाउनेहरू’ होइन, यथार्थ बोल्ने, न्यायका लागि उठ्ने, अनि समाजलाई सही बाटोमा डोर्याउने असल नेतृत्व चाहिएको छ ।
युवा हो, डर किन ? के हामी अरूको जयजयकार गर्दै जिन्दगी बिताउने ? के हामी गलत देखेर पनि आँखा चिम्लिने ?
के हामी पनि केवल पदकै पछि लाग्ने ?
अब कुर्सीको पछि होइन, विचारको पछि लागौं !
अब नामको नेता होइन, कामको नेतृत्व बनौं !
अब चाकडी होइन, चरित्र देखाऊँ !
परिवर्तन कसैले दिएर ल्याउँदैन, हामी आफैंले निर्माण गर्नुपर्छ !
यदि हामी साँचो परिवर्तन चाहन्छौं भने, अब हामीले उठ्नुपर्छ, बोल्नुपर्छ, लड्नुपर्छ–स्वार्थका लागि होइन, समाजको सुधारका लागि अब समय आएको छ–नेतृत्व उठाउने, जागरुक हुने, अनि साँचो न्यायको पक्षमा उभिने ।
अब प्रश्न यो होइन कि ‘हामी कहिले नेता बन्ने ?’, प्रश्न यो हो –हामी कहिले असल नेतृत्व गर्ने? “अब निन्द्राबाट उठौं, आवाज उठाऔं, र यो देशलाई नयाँ दिशा दिऔ !”
लेखकः न्यौपाने प्रेस चौतारी नेपाल स्याङ्जाको सहसचिव एवं मिर्मी बहुमुखि क्याम्पसको स्ववियु सभापति हुनुहुन्छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार