‘नेपालको जिपीए प्रणालीमा अनुसन्धान आवश्यक छ’ रेक्टर केसी
काठमाण्डौँ,१९ माघ- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर)खड्ग केसीले नेपालको शिक्षा क्षेत्रको जिपीए प्रणालीमा खोज अनुसन्धान हुनुपर्ने बताउनुभएकाे छ । शनिबार काठमाण्डौँमा आयोजित ‘टीयू टेसोल’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालय तथा आंगिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दिनहुँ घट्नुमा विद्यमान जिपीए प्रणालीको भूमिका प्रत्यक्ष वा परोक्ष रुपमा रहेको बताउँदै यस विषयमा खोज अनुसन्धान हुनुपर्ने रेक्टर केसीले बताउनुभयाे।
केसीले भन्नुभयाे, ‘विद्यार्थीहरु भाषा, साहित्य एवम् शिक्षा अध्ययन गर्न हतोत्साही भएका छन् । जसको प्रमुख कारण जिपीए प्रणाली हो ।’ शिक्षामा गुणस्तर एवम् विद्यार्थी सङ्ख्या बढाउन त्रिपक्षीय अर्थात सरकार, शैक्षिक संघ-संस्था एवम् विद्यार्थीको मनोवैज्ञानिक अध्ययन गरेर जिपीए प्रणालीलाई वैज्ञानिकीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। अङ्ग्रेजी शिक्षाको बारेमा बहस कार्यक्रमहरु भइरहे पनि अङ्ग्रेजी विषय र अङग्रेजी शिक्षामा विद्यार्थीहरुको सङ्ख्या घट्नुमा समेत अनुसन्धान हुनुपर्नेमा उहाँले जोडदिनुभयाे ।
जिपीए प्रणाली अमेरिकी शिक्षा नीति सुहाउँदो र नेपाली परिप्रेक्षमा अवैज्ञानिक रहेकाले त्यस अन्तरलाई पुरा गर्न ‘नेल्टा’ लगायतका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने केसीकाे भनाइ थियाे । अमेरिकी सरकार तथा त्यहाँका नागरिकले नेपालको शैक्षिक गुणस्तर उकास्न गरेको सहयोग एवम् सदभावप्रति उहाँले धन्यवाद दिनुभयाे।
दुईदिन सम्म चल्ने सम्मलेनमा अमेरिका, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, कतार लगायतका देशबाट दुईसय जनाकाे सहभागिता रहेकाेे छ। काठमाण्डौँ स्थित अेमिरिकी दूतवास, रेलोको आर्थिक साहयोगमा र महेन्द्ररत्न क्याम्पस अङ्ग्रेजी शिक्षा विभागको आयोजनामा काठमाण्डौँ इन्जिनियरिङ् कलेजमा आयोजना भइरहेको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















