एमालेको अन्तिम लक्ष्य समाजवादः नेता अधिकारी

वालिङ,११ माघ– नेकपा एमालेका स्थायीकमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमालेको अन्तिम लक्ष्य समाजवाद हुदै साम्यवाद भएको बताउनुभएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले धार्मीक पर्यटकीय स्थल गह्रौसुरमा आयोजना गरिएको अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता अधिकारीले सो कुरा बताउनुभएको हो ।


विभिन्न प्रकारका कार्यनीतिहरुको प्रयोग गर्दै जनताको बहुदलीय जनवादको आलोकमा समृद्ध नेपाल सुखि नेपाली बनाउने कार्यभारको पुरा गर्दै अन्तिम रणनीति भनेको समाजवाद हुदै साम्यवाद रहेको प्रष्ट पार्नुभयो । पार्टीको अन्तिम लक्ष्य प्राप्तिका लागि सबै पार्र्टीका कार्यक्रता एवं नेताहरुलाई सोही अनुसार पार्टी काममा लाग्न समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले पार्टीको अर्धवार्षिक गतिविधी एवं पार्टीले तय गरेको विशेष अभियान कार्यक्रमसहितको जानकारी गराउनुभएको थियो ।


अर्धवार्षिक समिक्षासँगै स्थानीय स्तरबाट पार्टीको काम र संगठनलाई सबल बनाउन वडा केन्द्रित पार्टी निर्माणका लागि तीन महिने विशेष अभियान सञ्चालन गर्ने निर्णयसहित कार्यक्रम सम्पन्न गरिएको एमाले नगर कमिटी वालिङले जनाएको छ ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal