वालिङमा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वालिङ,१० माघ– जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापन वालिङमा कार्यालयको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रमुख खांँणले नागरिकलाई सुरक्षित बनाउन नगरले कुनै कसर बाँकी नराख्ने भन्दै प्रशासन र प्रहरीसंँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाको शान्ति सुरक्षाको लागि प्रशासनको तर्फबाट सकेसम्म प्रभावकारी रुपमा काम गरिरहेको बताउदै यसको लागि नागरिकहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न आफुहरु लागि परिरहेको समेत बताउनुभयो । कानूनी ज्ञानको बारेमा जानकारीको कमीले गर्दा नागरिकले समस्या झेल्नुपरेको बताउदै यसका बारेमा जानकारी गराउन तर्फ जनप्रतिनिधिहरुले समेत सहजिकरण गर्न आवश्यक रहेको प्रजिअ नेपालको भनाइ थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणका लागि प्रहरी सक्रियभएर लागेको बताउदै समाजमा घटने घटनाहरुका बारेमा समयमै प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रअ, वडा सचिव, पत्रकार, उद्योगी व्यापारी, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















