सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ: सञ्चारमन्त्री गुरुङ
लमजुङ,१५ पुस- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उहाँले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।”
फरक प्रसङ्गमा उहाँले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताउनुभयो । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिनुभयो । सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उहाँको भनाइ थियो ।
मन्त्री गुरुङले भन्नुभयो, “संविधानमा नेपाली भाषाका अतिरिक्त अन्य भाषा पनि सरकारी कामकाजको भाषा हुने उल्लेख छ, त्यसैले संविधानले दिएको अधिकार उपयोग गर्न आवश्यक छ ।”
केही शक्ति सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर पूरानै व्यवस्था ल्याउन लागिपरेको भन्दै उहाँले मूलधारका पार्टी जसले सङ्घीय गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गरेर यो व्यवस्था ल्याए तिनैलाई यो व्यवस्थाको माया र रक्षा गर्ने दायित्व भएको बताउनुभयो ।
पालिकाभित्रका विभिन्न तमू समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न स्थानबाट सांस्कृतिका झाँकीसहित बजार परिक्रमा गरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा गुरुङको मौलिक संस्कृति सोरठी, घाटु, कृष्ण चरित्र, कौरा, ठाडोभाकालगायतका नृत्य प्रस्तुत गरिएको सुन्दरबजार तमु समाजका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।
ल्होसार पर्वको अवशरमा स्याङ्जाका विभिन्न ठाउँमा कार्यक्रमहरु गरिएको छ । जिल्लाको पुतलीबजार, फेदीखोला, बयरघारी, वालिङ, गल्याङ लगायतका गुरुङ समुदायको बाक्लो बस्ती रहेका गाउँहरुमा समेत कार्यक्रम गरेर ल्होसार पर्व मनाइएको छ ।
ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















