भीरकोटमा क्षत्री समाजद्वारा भवन निर्माण


नारायणप्रसाद कोइराला
वालिङ,१५ पुस– क्षेत्री समाज नेपाल भीरकोटले भवन निर्माण गरेको छ । भीरकोट नगरपालिकामा समाजले भीरकोट नगरपालिका वडा नम्बर १बयरघारीमा बहुउद्देश्यीय भवनको निर्माण गरेको हो ।
समाजको बयरघारी पुलको मुखमा रहेको ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण कार्य जारि रहेको क्षत्री समाज नेपाल भीरकोटले जनाएको छ ।
रु ४ करोडको लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा निर्माण भैरहेको छ । ३ तलाको संरचनामा समेटिने भवनमा २ वटा सभाहलमा रहनेछ भने एउटा सभाहलमा ६ सय जना अट्ने समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर केसीले जानकारी दिनुभयो । कृष्ण निर्माण सेवाले निर्माण गरिरहेको यो भवन आर्थिक वर्ष ८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
क्षत्री समाजको अगुवाइमा निर्माण गरिने भएपनि भवन समुदायका सबै समुदायले प्रयोग गर्न पाउने अध्यक्ष केसीले बताउनुभयो । पर्यटन र सामाजिक एकता प्रवद्र्धनका लागि भवन निर्माण गरिएको उहाँले बताउनुभयो । भवनमा शारीरिक स्फुर्तिका लागि योगा, जिम, बास्केटबल कोर्टको सुविधा हुनेछ । यसैगरी धार्मिक, सांस्कृतिक , सामाजिक, राजनीतिक कार्यक्रम संचालनका लागि सभाहल, मन्दिर, हवनकुण्डको सुविधा समेत रहने बताइएको छ ।

अध्यक्ष केसीका अनुसार बहुउद्देश्यीय भवनमा एउटा संग्राहलय समेत स्थापना गरिनेछ । संग्रहालयमा भीरकोट नगरपालिकामा बसोबास गर्ने सबै जातजातिको पहिचान र मौलिकता झल्कने गरी धार्मिक र सांस्कृतिक वस्तुहरू राखिने छ भने भीरकट घुमन आउने पाहुनाहरूलाई आवासीय सुविधा समेत प्रदान गरिने लक्ष्य राखिएको छ । भवनलाई पर्यटक सूचना केन्द्र एवं गेस्ट रिसिभङ स्टेसनको रूपमा प्रयोग गरिनेछ । यहाँबाट खिलुङ, स्वरेक, ओकादी, केघा जस्ता पर्यटकीय स्थानमा जान सहज हुन्छ ।

सामाजिक एकता पर्यटन प्रबद्र्धनका लागि निर्माण भैरहेको भवन निर्माणका लागि भीरकोट नगरपालिकाल रु १० लाख र राष्ट्रिय पर्यटन बोर्डले रु २० लाख आर्थिक सहयोग गरेको कस्तरी समाज भीरकोटका सचिव लेखबहादुर केसी (किरण) ले जानकारी दिनुभयो । उहाँका अनुसार क्षत्री समाजका सदस्य र शुभेच्छुक सरकारी निकाय र दाताहरू बाट गरि करिब रु १ करोड रकम उठिसकेको छ । भवन निर्माणका लागि अझै ३ करोड अपुग रहेकोले समाजले शुभेच्छुक संघसंस्था र व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरेको छ ।

ताजा

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal