प्रकृतिको सुन्दर उपहार तिलिचो ताल

अमृतप्रसाद पौडेल
म्याग्दी,२९ भदौ- उच्च स्थानमा रहेको आकर्षक ताल मध्येको एक हो, मनाङ जिल्लामा पर्ने तिलिचो ताल । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका लागि पर्यटकको मन लोभ्याउने धेरै स्थानहरू मध्येमा पर्ने तिलिचो पुग्नका लागि मुस्ताङ तर्फबाट नजिकै पर्छ । तर कठिन र जोखिम तवरले पुग्नु र फर्कनुपर्छ ।

हिमाली जिल्ला म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङबाट सहजै पुग्न सकिने तिलिचो तालमा अहिले अवलोकनका लागि निकै उत्कृष्ट मौसम रहेको मान्न सकिन्छ । प्रकृतिको सुन्दर उपहार तिलिचो ताल पुग्ने जो कोही पनि त्यतै हराउन खोज्छन् ।

प्रकृतिको सुन्दर दृश्य आफ्नै नाङ्गो आँखाले देख्दा मन्त्रमुग्ध नहुने को नै होला र ?

नेपालको अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । निलो अनि अटल देखिने ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि जस्ता हिमशृङ्खलाले ताललाई अझै धेरै मनमोहक र आकर्षक बनाएको बताउनुहुन्छ डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाट ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्दछ भने मुस्ताङको जोमसोम बाट झण्डै ६० किलोमिटरको दूरीमा पर्दछ ।

काठमाडौँबाट पोखरा हवाई मार्ग र पोखरा जोमसोम हवाई मार्ग प्रयोग गरेर जोमसोम पुग्न सकिन्छ । त्यस्तै, काठमाडौँबाट सिधै जोमसोम गाडीबाटै पनि जान एवम् पोखरा हुँदै गाडीमा जोमसोम पुगेर पदमार्ग हुँदै तिलिचो पुग्न सकिने मुस्ताङको शालिग्राम होटलका सञ्चालक अमृत सुवेदीको भनाइ छ ।

घरपझोङ गाउँपालिका मार्फाका दीपक लालचनका अनुसार काठमाडौँ हुँदै म्याग्दीको बेनी, भुरुङ तातोपानी, रुप्से झरना, विश्वकै गहिरो अन्धगल्छी, मुस्ताङको घाँसा, लेते मार्फा जोमसोम हुँदै तिलिचो पुग्नका लागि पनि सहज मार्ग नै पर्दछ ।मुस्ताङको जोमसोमबाट बिहानै हिँडेको खण्डमा तिलिचो पुगेर पुनः जोमसोम आइपुग्न सकिने भएकाले पनि यसलाई छोटो मार्ग मान्न सकिन्छ । तर ६० किलोमिटर टाढाको दूरीमा पुगेर पुनः जोमसोम फर्कनु जोखिमबाट मुक्त भने पक्कै छैन–डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले भन्नुभयो । जोमसोमदेखि ठिनी हुँदै मोटरसाइकलमा ठिनीमाथिको डाँडामा पुगेपछि त्यहाँबाट २० मिनेट पैदल यात्रामा नमखुलेक र त्यहाँबाट पैदल ६ घण्टामा पाँच हजार २४५ मिटरको उचाइ भएको मेसोकाण्डो डाँडामा पुगिन्छ । उक्त डाँडाबाट नाङ्गो आँखाले तिलिचो बेसक्याम्प देख्न सकिन्छ भने तिलिचो तालसम्म पुग्नका लागि त्यस स्थानबाट पैदल एक घण्टामा पुगिने पर्यटन व्यवसायी सुवेदीको भनाइ छ ।

तिलिचो तालमा पुग्नका लागि मुस्ताङको सदरमुकाम जोमसोमबाट बिहान पाँच बजे हिँडेको खण्डमा तिलिचो ताल पुग्नका लागि करिब ८ घण्टा लाग्छ । बिहान ५ बजे जोमसोमबाट हिँडेर मोटरसाइकल वा गाडीमा १ घण्टा र त्यसपछि पैदल ७ घण्टा जति हिँडियो भने तिलिचो पुगिने र केही समय त्यहाँ आराम र दृश्यावलोकन गरेपछि पुनः फर्केर जोमसोम आइपुग्न समस्या हुँदैन डिभिजन वन प्रमुख रानाभाटको भनाई छ ।

तिलिचो ताल जान मुस्ताङबाट पाँच हजार दुई सय मिटर उचाइ भएको मेसोकाण्डो डाँडासम्म पुग्न बाइक र पैदल गरी सात घण्टा जति लाग्ने र त्यहाँबाट तिलिचो ताल पुग्न एक घण्टा तर फर्कँदा तिलिचोबाट डाँडासम्म आइपुग्न दुई घण्टाभन्दा बढी लाग्न सक्ने त्यहाँ पुगेर फर्केका पर्यटकहरूले बताउने गरेका छन् । जाँदा उकालो भएको कारण ६ घण्टा लागेको नमखुलेकदेखि डाँडासम्मको यात्रा फर्कँदा भने दुईदेखि तीन घण्टामै आइपुग्न सकिने उनीहरूको अनुभव छ ।

एकै दिनमा पुगेर फर्कन हतार हुने भएता पनि बिहान चाँडैगरी हिँडेको खण्डमा आरामसँग आइपुग्न सकिने म्याग्दीको रघुगंगा गाउँपालिका स्थायी घर भई मुस्ताङको मुक्तिनाथमा अन्नपूर्ण इन होटल सञ्चालन गर्नुभएका रबिन सुवेदीले बताउनुभयो । सुवेदी भन्नुहुन्छ, बाटोमा आफ्ना लागि आवश्यक पर्ने पानी, खानेकुरा, हावा छेक्ने कपडा एवम् आफ्नो साहराका लागि लौरो भने लगेर जान पर्छ ।

जोमसोमदेखि हिँडेपछि बिचमा बासबस्ने खालको कुनै ठाउँ नभएको कारणले गर्दा यात्रा एकैदिनमा सक्नुपर्ने बाध्यता पर्यटकलाई हुने गरेको छ । डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख रानाभाटले यात्रा अविस्मरणीय भए पनि रोचक तथा कठिन रहेको बताउनुहुन्छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal