वालिङमा विपत व्यवस्थापन कार्यदल गठन


वालिङ,२७ असार-वालिङ नगरपालिकाले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । मनसुन सुरु भए यता जिल्लामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । प्राकृतिक विपतमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकार र केन्द्र सरकारले राहत प्रदान गर्ने भएको छ भने वालिङ नगरपालिकाले पनि सोहि उद्देश्यले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । वालिङ नगरपालिका क्षेत्रमा पनि जनधनको क्षति भएकाले नगरपालिकाले विपत व्यवस्थापन समिति गठन गरेको हो ।
वडा नम्वर ११ का अध्यक्ष डण्डु पंगेनीको संयोजकत्वमा विपत व्यवस्थापन कार्यदल गठन गरिएको छ । कार्यदलले नगरपालिकाभित्र वर्षादका कारण बाढी पहिरोबाट विपतमा परेकाहरुको अनुगमन गरी अभिलेख तयार गर्ने छ । कार्यदलको प्रतिवेदनका आधारमा विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिका नागरिकहरुको साथमा रहेको अनुभुत हुनेगरी काम गरिने बताउदै नगर प्रमुख खाँणले विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने बताउनुभयो । पूणर् रुपमा घर क्षति भएका र आंशिक क्षति भएकाहरुलाई सोही अनुसारको राहत उपलव्ध गराईने उहाँले बताउनुभयो । स्याङ्जा जिल्ला लगायत वालिङ नगरपालिका क्षेत्रमा विगत केहि दिनदेखि अविरल वर्षाका कारण ठुलो क्षति भएको र अझै केहि दिन बाढीको उच्च जोखिम रहेकोले सुरक्षित रहन नगर प्रमुख खाँणले सबै नगरवासिहरुमा अनुरोध गनुर्भभएको छ ।
विपत व्यवस्थापन कार्यदल गठनसँगै नगर प्रमुखको नेतृत्वमा नरपालिकाका विभिन्न वडाहरुमा स्थलगत अवलोकनसमेत गरिएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal