नेपालमा धान : उत्पादनमा वृद्धि हुँदै, आकर्षण घट्दै

सपना थामी

काठमाडौं,२६ असार- कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले पछिल्लो समय धान उत्पादनको अवस्थामा सुधार आएको बताउनुभएको छ । 

यद्यपि, साँझ बिहान नियमित चामलको परिकार विशेषगरी भात खाने प्रचलन भने घट्दो रुपमा छ । स्वास्थ्य समस्या, शारीरिक फिटनेस लगायत विविध कारणले शहरी विभिन्न क्षेत्रमा वृद्धवृद्धादेखि युवा उमेर समूहले भातको सट्टामा स्वास्थ्यलाई लाभ हुने खानेकुराहरु खाने गरेका छन् ।

नेपालमा वर्षेनी ६२ लाख मेट्रिक टन चामलको आवश्यकता पर्दछ । गत आर्थिक वर्षको तथ्याङ्कअनुसार ५७ लाख मेट्रिक टन चामल उत्पादन भएको छ ।

नेपालमा वर्षेनी ६२ लाख मेट्रिक टन चामलको आवश्यकता पर्दछ । गत आर्थिक वर्षको तथ्याङ्कअनुसार ५७ लाख मेट्रिक टन चामल उत्पादन भएको छ । उहाँले सबैले भात नै खान्छन् भन्ने हिसाबबाट सो तथ्याङ्क निकालिएको बताउनुभयो ।

चौलागाईंले भन्नुभयो, “गत वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन भएको छ । चामल सबैले खान्छन् भन्ने हिसाबले ६२ लाख मेट्रिक टन आवश्यक हुने अनुमान गरिएको हुन्छ । अहिले शहरी लगायतका क्षेत्रमा स्वास्थ्य समस्याका कारण भातभन्दा अरु खानेकुरामा जोड दिइएको अवस्था छ ।”

उहाँका अनुसार आम्दानीको स्रोत बलियो हुनेहरुका लागि केही बास्नादार चामल बाहिरी देशबाट आयात हुन्छन् । यसखाले चामल आयात नगर्ने हो भने नेपाल धानमा करिब आत्मनिर्भर हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । यो आर्थिक वर्ष असार २३ गते सोमबारसम्म ३९ प्रतिशत धान रोपाइँ भएको छ ।

कोशी प्रदेशमा २७ लाख ६ हजार ३८६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९५ हजार १७० हेक्टरमा अर्थात् ३४.४ प्रतिशत धान रोपाइँ भएको छ ।  मधेशमा ३८ लाख तीन हजार १५० मध्ये ९७ हजार ८५१ हेक्टर जमिनमा २५.५ प्रतिशत धान रोपाइँ भएको छ । 

बागमतीमा ११ लाख चार हजार ५६१ मध्ये ४६ हजार ४४ हेक्टरमा ४०.२ प्रतिशत धान रोपाइँ भएको छ । गण्डकीमा ९६ हजार ५३ मध्ये ४७ हजार ७३३ हेक्टरमा ४९.७ प्रतिशत धान रोपाइँ भएको छ । 

लुम्बिनीमा तीन लाख ११ हजार ६४३ मध्ये एक लाख ३८ हजार ३६४ हेक्टरमा ४४.४ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९०४ मध्ये १९ हजार ९०४ हेक्टरमा ४७.५ प्रतिशत धान रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ मध्ये एक लाख ५० हजार ६२ हेक्टरमा ८६ प्रतिशत धान रोपाइँ भएको छ । 

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार यो वर्ष असारको अन्तिमसम्म ६० देखि ७० प्रतिशतसम्म रोपाइँ हुने आँकलन  गरिएको छ । 

पोहोर साल मधेसमा कम रोपाइँ भए पनि यो पटक राम्रो रोपाइँ भइरहेको छ । उहाँले कोशी र मधेसमा भर्खर रोपाइँ सुरु भएको बताउनुभयो ।

डा. केसीले भन्नुभयो, “दुई, तीन दिन मजाले पानी परेको छ । गत आर्थिक वर्ष यो महिनामा ४२ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष अहिलेसम्म ३९ प्रतिशत भएको छ । पोहोर साल मधेसमा अलिकति कम रोपाइँ भयो, यो समयमा भने राम्रै रोपाइँ भइरहेको छ ।”

उहाँले भन्नुभयो, “असार अन्तिम हुँदा ६० देखि ७० प्रतिशतसम्म जाला । असारमा ९० देखि ९५ प्रतिशत रोपाइँ हुन्छ । मधेश र कोशीको चाहिँ बल्ल रोपाइँ सुरु भएको छ । मौसमले खासै असर गरेको छैन, सिँचाइको सुविधा नभएको ठाउँमा अलि समय लाग्छ ।”

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार यो वर्ष असारको अन्तिमसम्म ६० देखि ७० प्रतिशतसम्म रोपाइँ हुने आँकलन  गरिएको छ । 

राष्ट्रिय सिँचाइ नीति, २०८० ले सन् २०४० सम्म देशभरको सबै खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्‍याउने लक्ष्य लिएको छ । चौलागाईंले धान प्रतिस्थापन दर २३.१४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँले हाल ६५ प्रतिशत कषि क्षेत्रमा सिँचाइ भइरहेको बताउनुभयो । 

नेपालमा धान रोपाइँ हुने क्षेत्रफल जम्मा १३ लाख ९८ हजार २७३ हेक्टर छ । यसमध्ये साढे पाँच लाख हेक्टरमा धान रोपाइँ हुँदै आएको छ ।स्रोतःगोप

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal