पञ्चमुलमा लालिगुराँस पार्क बन्दै
अर्जुन काफ्ले
स्याङ्जा,२५ जेठ- आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।
दुईसय हेक्टरमा फैलिएको पञ्चमुल सामुदायिक वनको १० हेक्टरमा लालिगुराँस पार्क बनाइने छ । वडा अध्यक्ष पवन काजी अधिकारीले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीनसय लालिगुराँसका बिरुवा रोपण थालिएको बताउनुभयो ।
देशकै पहिलो घरबास शिरुबारी यही पर्छ बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले लालिगुराँस पार्क बनाउने अभियान सुरु गरिएको बताउनुभयो ।
पाँच बर्षमा सक्नेगरी पार्क निर्माणको काम अघि बढेको बताउँदै उहाँले एक हजार पाँचसय लालिगुराँसका बिरुवा रोपिने बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहाँ तथा १५० वटा गुलमहर र १५० कल्की फूल तथा टिमुर र अमला समेत रोपण गरिने उहााको भनाइ छ ।
वडाले पर्यटकीय गन्तब्य बनाउने चाहना देखाएपछि कार्यालयमा रहेको बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले बताउनुभयो । उहाँले राम्रो सोच बनाएर आउने जोकोहीलाई बिरुवा सहयोग गर्न वन कार्यालय तयार रहेको बरालले बताउनुभयो ।
बिरुवा रोप्ने काम सामुदायिक वनका उपभोक्ताले गर्नेछन् भने संरक्षण माजुभञ्ज्याङ्ग युवा क्लबले गर्ने उहाँको भनाइ छ । पहिलो चरणमा सामुदायिक वनको बिचमा पैदल मार्ग, पोखरी र चौतारी निर्माण गरिएको छ उहाँले बताउनुभयो । संरचना निर्माणमा वन मन्त्रालयले पाँच लाख खर्च गरेको छ ।
गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा २७ लाखमा माजुभञ्ज्याङ्गबाट गोरुजुरे हुदै डहरे देउरालीसम्म साइकल ल्याण्ड बनाउने काम अगाडि बढाएको छ । लालिगुराँस पार्क पञ्चमुलबासीको चिनारी हुने बताउँदै वन समितिका अध्यक्ष गोपाल गुरुङले डढेलो लगायतबाट पार्कलाई बचाउनु पर्ने बताउनुभयो ।


ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















