पञ्चमुलमा लालिगुराँस पार्क बन्दै

अर्जुन काफ्ले 

स्याङ्जा,२५ जेठ- आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।

दुईसय हेक्टरमा फैलिएको पञ्चमुल सामुदायिक वनको १० हेक्टरमा लालिगुराँस पार्क बनाइने छ । वडा अध्यक्ष पवन काजी अधिकारीले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीनसय लालिगुराँसका बिरुवा रोपण थालिएको बताउनुभयो ।

देशकै पहिलो घरबास शिरुबारी यही पर्छ बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले लालिगुराँस पार्क बनाउने अभियान सुरु गरिएको  बताउनुभयो । 

पाँच बर्षमा सक्नेगरी पार्क निर्माणको काम अघि बढेको बताउँदै उहाँले एक हजार पाँचसय लालिगुराँसका बिरुवा रोपिने बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहाँ तथा १५० वटा गुलमहर र १५० कल्की फूल तथा टिमुर र अमला समेत रोपण गरिने उहााको भनाइ छ । 

वडाले पर्यटकीय गन्तब्य बनाउने चाहना देखाएपछि कार्यालयमा रहेको बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले बताउनुभयो । उहाँले राम्रो सोच बनाएर आउने जोकोहीलाई बिरुवा सहयोग गर्न वन कार्यालय तयार रहेको बरालले बताउनुभयो ।

बिरुवा रोप्ने काम सामुदायिक वनका उपभोक्ताले गर्नेछन् भने संरक्षण  माजुभञ्ज्याङ्ग युवा क्लबले गर्ने उहाँको भनाइ छ । पहिलो चरणमा सामुदायिक वनको बिचमा पैदल मार्ग, पोखरी र चौतारी निर्माण गरिएको छ उहाँले बताउनुभयो । संरचना निर्माणमा वन मन्त्रालयले पाँच लाख खर्च गरेको छ । 

गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा २७ लाखमा माजुभञ्ज्याङ्गबाट गोरुजुरे हुदै डहरे देउरालीसम्म साइकल ल्याण्ड बनाउने काम अगाडि बढाएको छ । लालिगुराँस पार्क पञ्चमुलबासीको चिनारी हुने बताउँदै वन समितिका अध्यक्ष गोपाल गुरुङले डढेलो लगायतबाट पार्कलाई बचाउनु पर्ने बताउनुभयो । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal