विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन
अर्जुन काफ्ले
स्याङ्जा,२६ जेठ- फेदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ ।
पहिलो चरणमा सङ्कलित प्लास्टिकजन्य फोहोर यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले फोहोर जम्मा गरेका हुन् ।
विद्यालय र घरलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले पालिकाले फोहोर सङ्कलन अभियान अगाडि बढाएको हो । विद्यार्थीद्वारा सङ्कलित प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापन कार्यविधि २०८० निर्माण गरेर अभियान अघि बढाएको छ ।
पालिका अध्यक्ष घनश्याम सुबेदीले विद्यार्थीले जम्मा गरेको फोहोर विद्यालयमा ल्याएपछि पालिकाले प्रतिकेजी १० रुपियाँ प्रोत्साहन स्वरूप गाउँपालिकाले प्रदान गर्ने बताउनुभयो । यसको नियमन गर्न प्रत्येक विद्यालयमा पाँच सदस्यीय विद्यालय स्तरीय फोहोर मैला व्यवस्थापन समन्वय समिति गठन गरिएको सुवेदीले बताउनुभयो ।
पालिकालाई प्लास्टिकजन्य फोहोरमुक्त बनाउन विद्यालयबाट अभियान सुरु गरिएको बताउँदै सुवेदीले पालिकाले प्रशोधन केन्द्र पोखरासम्म ढुवानीको व्यवस्थापन गर्ने बताउनुभयो । पुरस्कारस्वरुप विद्यार्थीले पाउने रकम गाउँपालिकाले निःशुल्क खोलेको बैङ्क खातामा जम्मा गर्ने बताइएको छ ।
सिद्धार्थ माविका प्रधानाध्यापक लक्ष्मण शर्माले फोहोर न्यूनीकरणमा विद्यार्थीलाई जोड्ने अभियान प्रशंसनीय रहेको बताउनुभयो । प्लास्टिकजन्य फोहोर सबैभन्दा धेरै वडा ५ को मैदान माविका विद्यार्थीले ३८४ केजी फोहोर जम्मा गरेको छ । सिद्धार्थ माविले १५२ केजी जम्मा गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनुभयो ।
कार्यक्रम लागू भएसँगै यहाँका विद्यार्थीले आफ्नो घरबाट निस्किने प्लास्टिकजन्य फोहोर गाउँपालिकाले उपलब्ध गराएको बोरामा सङ्कलन गरेका छन् । यहाँ हरेक छ महिनाको अन्तरमा पालिकामा फोहोर जम्मा गर्ने गरिएको छ । विद्यार्थीलाई प्रोत्साहन स्वरूप वर्षमा एक पटक खातामा केही रकम पठाइने गरिएको छ ।

ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















