बीपीसीले विद्युत महसुलमा गरेको मूल्य वृद्धि बिरुद्ध उपभोक्ता आन्दोलीत


मूल्य वृद्धि तत्तकाल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी

हिमलाल पराजुली

वालिङ,३ जेठ–बुटवल पावर कम्पनी लिमिटेडले विद्युत महसुलमा गरिएको वृद्धि तत्तकाल फिर्ता नलिए आन्दोलन चर्काउने उपभोक्ताले चेतावनी दिएकाछन् ।
बुटवल पावर कम्पनीको शाखा कार्यालय वालिङमा बुधबार ध्यानाकर्षण पत्र बुझाउन पुगेका उपभोक्ता एवं राजनीतिक दलका प्रतिनिधिहरुले अस्वभाविक रुपमा गरिएमो मूल्य वृद्धि तत्तकाल फिर्ता लिन समेत बुटवल पावर कम्पनी संग माग गरेकाछन् ।
बुटवल पावर कम्पनी वालिङ शाखाका कार्यालय प्रमुख तुलसीराम अर्याल लाई ध्यानाकर्षण पत्र बुझाउदै आफुहरुको मागका बारेमा केन्द्रीय कार्यालयमा तत्काल जानकारी गराउन समेत आग्रह गरेकाछन् । कार्यालय प्रमुख अर्यालले आफुले जतिसक्दो छिटो ध्यानाकर्षण पत्रका बारेमा केन्द्रीय कार्यालयमा जानकारी गराउने बताउनुभएको थियो ।
बुटवल पावर कम्पनीले आफुहरुको मागलाई बेवास्था गरे र अगाडी बढेमा चरणबद्ध रुपमा आन्दोलनलाई अगाडी बढाउने राजनीतिक दलका नेता एवं सर्वसाधारणको भनाइ रहेको छ ।
बीपीसीको शाखा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन पुगे नेकपा एमाले, नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा समाजवादी,राष्ट्रीय जनमोर्चा, राप्रपा लगाएतका पार्टी तथा प्रतिनिधिले जिल्ला सदरमुकाममा विद्युत नियमन आयोगको आयोजनामा बुटवल पावर कम्पनीले मूल्य वृद्धिका गर्न राखेको प्रस्तावका बारेमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ताहरुले राखेको मागको बेवास्था गर्दै एकलौटी तवरले विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले आफ्नो कार्यकाल सकिनै लाग्दा अन्तिममा बुटवल पावर कम्पनीलाई मूल्य वृद्धिको लागि दिएको अनुमतिमा आर्थिक चलखेल भएको आसंका गर्दै नियमन आयोगका अध्यक्षले उपभोक्ताहरुको भावना माथि चोट पुर्याएको सर्वसाधारणको भनाइ रहेको छ ।
बुटवल पावर कम्पनीले विद्युत महसुल वृद्धि गर्नुको सट्टा भईरहेको सेवालाई गुणस्तरीय बनाउदै लैजानुपर्ने भन्ने सुझाव सार्वजनीक सुनुवाई कार्यक्रममा दिएकोमा उल्टै उतm सुझावलाई बेवास्ता गर्दे पेलेर जान खोजेकोले आन्दोलनको विकल्प नभएको उपभोक्ताहरुको भनाइ रहेको छ ।

आम उपभोक्तालाई प्रभाव पर्नेगरी वृद्धि गरिएको महसुल कार्यान्वन नगर्न माग राखेका पार्टीका प्रतिनिधिहरुले आफुहरुका मागको बेवास्ता गरे चरण वद्ध आन्दोलन हुने र त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार विद्युत नियमन आयोग र कम्पनीले लिनुपर्ने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
आँधिखोला विद्युत वितरण केन्द्रबाट बुटवल पावर कम्पनीले ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत बिक्री गर्दै आएको छ । बीपीसीले सञ्चालन, मर्मत सम्भार खर्च बढि भएको भन्दै कम्पनी आयोगमार्फत बढीमा प्रति युनिट १३ रुपियाँ ५० पैसा महसुल प्रस्ताव गरेको थियो । यस अघि उपभोक्ताले बढीमा सात रुपियाँ महसुल बुझाउँदै आएका थिए । अब उपभोक्ताले बढिमा १० रुपियाँ ३० पैसा महसुल तिर्नुपर्ने भएको छ । यो ईनर्जी खपत शुल्क हो भने न्यूनतम शुल्कमासमेत भारी वृद्धि गरिएको छ । यस अघि न्यूनतम एक सय रुपियाँ तिर्दै आएका उपभोक्ताले अब दुई सय ५० रुपियाँसम्म तिर्नुपर्ने हुन्छ । यसै गरी भीरकोटमा रहेका उपभोक्ता एवं राजनीतिक दलहरुले बुटवल पावर कम्पनीले हालै गरेको मूल्य वृद्धिको बिरोध गर्दै बयेरघारीमा रहेको बीपीसीको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएकाछन् ।

ताजा

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal